समस्याकाे दिगाे समाधानका लागि अवस्था पहिचान

समस्याकाे दिगाे समाधानका लागि अवस्था पहिचान

रुकुमपश्चिम – बिद्यमान सामाजिक कुरीति, परिवार नियोजन, मातृमृत्यूको अन्त्य र लैंगिक हिंसा न्यूनीकरण गर्नुसंगै दिगो  समाधानका लागि अवस्था पहिचान गर्न पालिकाहरु जुटेका छन् । सुर्खेतको बीरेन्द्रनगर नगरपालिका र रुकुमपश्चिमको सानीभेरी गाउँपालिकाले अवस्था पहिचान कार्यक्रम गरेका हुन् ।

संयुक्त राष्ट्र संघीय जनसंख्या कोष (यूएनएफपीए)को साझेदारीमा सोसेक नेपालले ‘सशक्त महिला समृद्ध नेपाल (इडब्लुपीएन)’ परियोजना सुर्खेतको बीरेन्द्रनगर नगरपालिका र रुकुमपश्चिमको सानीभेरी गाउँपालिकामा लक्ष्य केन्द्रित छलफल संगै चरणबद्ध क्रियाकलाप गरेका हुन् ।

बिद्यमान सामाजिक कुरीति, मातृमृत्यूको अन्त्य र लैंगिक हिंसा न्यूनीकरण परियोजनाले तोकिएका तीन वटा मुख्य उदेश्यलाई परिपुर्ति गर्नका लागि जनप्रतिनिधि, राष्ट्रसेकक कर्मचारीहरु र सरोकारवाला निकाय समेतले प्रतिवद्धता जनाएका छन् ।

सानीभेरी गाउँपालिकाले ४ वटै बर्थिङ्सेन्टरबाट ५ प्रकारका परिवार नियोजनका साधनहरुको पहुँचबृद्धि गर्ने, मापदण्ड अनुसारको गर्भवती जाँच, सुरक्षित प्रसुति सेवा, सुत्केरी प्रोत्साहन कार्यक्रमलाई प्रभावकारी बनाउने, घरेलुहिंसा, बालबिवाह न्यूनीकरण कार्यक्रमहरु ११ वटै वडाहरुमा सञ्चालन गर्ने प्रतिवद्धतामा उल्लेख छ ।

‘पछिल्लो समय घरेलु हिंसा, लैंगिक हिंसा, असुरक्षित गर्भपतन महिलाहरु पीडित भएका सानीभेरी गाउँपालिका कार्यवहाक अध्यक्ष पहलसिंह घर्तीले बताउनुभयो । बालबिवाह व्यप्त छ, पुरुषहरु परदेशमा अनि महिलाहरु छिनछिनमा समस्या भोगिरहेका छन्’ अध्यक्ष घर्तीले भन्नुभयो ।

बीरेन्द्रनगर नगरपालिकाकी मेयर मोहनमाया ढकालले महिला माथि हुने हिंसालाई शहरमा पनि उस्तै रहेको उल्लेख गर्दै लैंगिक बिभेद र सामाजिक असमानता हटाउन सचेतना कार्यक्रम प्रभावकारी बनाउनुपर्ने टिप्पणी सुझाव दिनुभयो ।

‘सशक्त महिला समृद्ध नेपाल’ परियोजना अन्तरगत जोडी सहजकर्ता, सामुदायिक सहजकर्ता लगायतका जनशक्तिहरु परिचालित गरी अन्तरपुस्ता संवाद, रुपान्तरण कक्षा, अभिभावक समूह संवाद लगायतका क्रियाकलापहरु गर्दै आएको कार्यक्रम व्यवस्थापक रमेश थापाले जानकारी दिनुभयो ।

दिगो विकास लक्ष्यलाई हासिल गर्नका सरकारी संयन्त्र र नागरिक समाजसंगको समन्वयमा काम भइरहेको सोसेक नेपालका कार्यकारी निर्देशक हीरासिंह थापाले बताउनुभयो । अन्तरराष्ट्रिय मजदूर संगठन (आइएलओ), सीएमसी लगायतका संस्थाहरुको सहकार्यमा लैंगिक सवालमा केन्द्रित ‘सशक्त महिला समृद्ध नेपाल’ परियोजना सञ्चालनमा छ ।

प्रतिक्रिया