म्यानमारमा शक्तिशाली भूकम्प

म्यानमारमा शक्तिशाली भूकम्प गएको छ । म्यानमारमा गएको भूकम्पको धक्का चीन र थाइल्यान्डसम्म महसूस भएको बीबीसीले जनाएको छ ।
अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीसी) का अनुसार ७ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको हो । थाइल्यान्डको राजधानी बैंककमा पनि भूकम्पको धक्का महसूस गरिएको र त्यहाँका धेरै भवनहरू खाली गराइएको खबरमा उल्लेख छ ।
भूकम्पको केन्द्रविन्दु बर्मेली शहर सागाइङबाट १६ किलोमिटर उत्तर पश्चिममा मन्डले शहर नजिकै थियो । यो शहर म्यानमारको राजधानी नेपिडबाट झन्डै एक सय किलोमिटर उत्तरमा रहेको क्षेत्र हो । अहिलेसम्म भूकम्पको क्षतिको विवरण प्राप्त भएको छैन ।
प्रतिक्रिया