तीनकुने क्षेत्र तनावग्रस्त, राजावादी समर्थकहरू र प्रहरीबीच मुठभेड

काठमाडौँ - तीनकुने क्षेत्र तनावग्रस्त बन्दैछ । त्यहाँ राजावादी समर्थकहरू र प्रहरीबीच मुठभेडको अवस्था सिर्जना भएको छ ।
दुर्गा प्रसाईँको पछुवामा हिँड्ने एउटा गाडी प्रहरीको घेरा तोडेर अगाडि बढपछि तनाव सिर्जना भएको हो । प्रहरीले ५ राउण्ड अश्रुग्याँस प्रहार गरेको छ भने लाठीचार्जसमेत गरेको छ ।
बलप्रयोगपछि दुर्गा प्रसाईंको टोली पछाडि हट्यो । पहिलो घेरामा तनावको अवस्था सिर्जना भएपछि अहिले दोस्रो घेरा उच्च सतर्कता अपनाइएको छ । दोस्रो घेरा शान्तिनगर गेटमा रहेको छ । त्यहाँ पनि प्रहरी तैनाथ छन् ।
प्रतिक्रिया