कर्णालीमा रातारात प्रदेश निजामती विधेयक पारित,कर्मचारीहरु असन्तुष्ट

कर्णालीमा रातारात प्रदेश निजामती विधेयक पारित,कर्मचारीहरु असन्तुष्ट

सुर्खेत । कर्णाली प्रदेश निजामती सेवा ऐन,-०८० लाई संशोधन गर्न बनेको विधेयक’ प्रदेश सभाबाट पारित भएको छ । साेमबार राती ९ बजे बसेको अधिवेशनको ३१ औं बैठकले उक्त विधेयक पारित गरेको हो 
‎विधेयक यसअघि प्रदेश मामिला समितिमा थियो । सोमबार दिउँसो ३ बजे प्रदेश सभा बैठक बस्ने कार्यतालिका रहेपनि विधेयक नै पास गर्नुपर्ने उद्देश्यसहित राति ९ बजेबाट मात्रै प्रदेश सभा बैठक सुरु भएको थियो ।

त्यसअघि प्रदेश मामिला समितिमा छलफल गरिएको विधेयक सभामा पेस गरियो भने सभाबाट हतार–हतार पारित गरियो । यद्यपि कर्मचारीहरु भने संसद बाहिर बिहानैदेखि धर्नामा थिए । सातौँ तहमा सिफारिस भइसकेका कर्मचारीहरु विधेयकमा थुप्रै समस्याहरु रहेको भन्दै तत्काल पास गर्न नहुने भन्दै धर्ना दिए, उनीहरुले । तर सरकारकै दबाबमा विधेयक पारित गरिएको छ ।

यो सँगै प्रदेश सभाको पाँचौं अधिवेशन अन्त्य गरिएको छ । सभामुख नन्दा गुरुङले प्रदेश प्रमुखले पठाएको पत्र वाचन गर्दै अधिवेशन अन्त्य गरिएको घोषणा गरिन् । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सोमबार राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो । ‎‎पाँचौं अधिवेशनको पहिलो बैठक माघ ७ गते बसेको थियो । अधिवेशनमा ३१ वटा बैठक बसे भने ३६ घण्टा १ मिनेट २५ सेकेण्ड समय व्यतित् भएको सभामुख गरुङले बताइन् ।

प्रतिक्रिया