अचेल जुम्लामै कुट्दैनन् मार्सीका सिरौंला

जुम्ला — विश्वको उच्च स्थानमा फल्ने मार्सीधानको आफ्नै क्यालेन्डर छ । चैत १२ मा धानको बिउ भिजाउने, चैत १६ गते भिजेको बिउ उतारेर घाममा सुकाउने र चैत २० गते ब्याडमा छर्ने यो जुम्ली मार्सीधानको तालिका हो । क्यालेन्डर अनुसार चैत १६ गते शनिबार हरेक जुम्लीको घरमा धानको सिरौंला कुट्ने चलन छ । तर पछिल्लो समयमा मार्सीधानको खेती कम हुन थालेपछि सिरौंला पनि पाइन छाडेको छ ।

जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले धानको सिरौंला पाइन छाडेको बताए । ‘चैत १६ मा सिरौंला कुटेर चन्दननाथ भैरवनाथ मन्दिरमा चढाएपछि छोरीचेलीलाई न्वागीको रुपमा दिने प्रचलन थियो,’ आचार्यले भने, ‘पछिल्लो समयमा मार्सीमा मरुवा रोगको संक्रमण बढ्यो । किसानले धान रोप्न छाड्दा सिरौंला कुट्ने चलन पनि हराउँदै जान थाल्यो ।’
फाट्टफुट्ट सिरौंला कुट्ने गरेको भेटिए पनि पहिले जस्तो चलन नरहेको उनले बताए । पहिले निकै धेरै धानको बीउ राख्न्थ्यिो । धेरै क्षेत्रफलमा रोपिन्थ्यो । अहिले थोरै जमिनमा रोपाइ हुने भएकोले बीउ निकै कम राखिन्छ । भिजाएको बीउले सिरौंला कुट्न पनि पुग्दैन । बाहिरबाट सस्तो मूल्यमा चिउरा आउने भएकोले पनि सिरौंला कुट्न छोडेको उनको भनाइ छ ।

उनले थपे, ‘पहिले बजारमा चिउरा पाउँदैनथ्यो । चैत १६ गते कुटेको सिरौंला जेठरअसारसम्म राखिन्थ्यो । अहिले विभिन्न ब्राण्डका ताजा चिउरा बजारमा प्रशस्त पाइने भएकोले सिरौंला कुट्न किसान चाहदैनन् ।’

किसानहरु सिरौंला कुट्न पनि झन्झट पनि मान्छन् । यहाँका परम्परागत हरेक आगनमा ओखल र मुसल राखिएको हुन्थ्यो । अहिले कंक्रिटका घर बनेपछि ओखलको प्रयोग पनि घट्दै गएको छ । ‘टोलटोलमा सामूहिक रुपमा सिरौंला कुट्ने चलन पनि लोप हुन थाल्यो,’ जिसस प्रमुख आचार्यले भने, ‘अब न मार्सीधान पर्याप्त पाइन्छ न सिरौंलानै धित मरुन्जेल खान पाइन्छ ।’
जिल्ला कृषि विकास कार्यालयको तथ्यांक अनुसार कुल २ हजार ८ सय ५० हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोमा ९५० हेक्टर मात्र मार्सीधानले ओगटेको छ । भिजाएर उतारेको धानलाई भोजपत्र, राडीपाखी, सल्लाका पात बेरेर भान्साको एक कुनामा न्यानो गरेर राख्ने गरिन्छ । त्योसँगै हरेक विहान, बेलुकी चिसोपानी छर्किने गर्दा मार्सीको बीउ अंकुराउन थाल्छ ।

यसरी अंकुराएको बीउ चैत २० गते बेर्नामा लगेर छरिन्छ । सिंजा–२ का जयबहादुर रोकायाले धानको सिरौंला कुट्ने चलन लोप भएको र पहिचान बचाउन मात्रै मार्सीको खेती गर्दै आएको बताए । उनले भने, अहिले मार्सीको सिरौंला कुट्न मात्र छोडिएको छैन धानको क्यालन्डेर समेत प्रभावित हुने गरेको उनले बताए ।

मार्सीको रोपाइँमा समेत आयतित चिउराको प्रयोग हुन थालेको उनले सुनाए । कृषि विकास कार्यालयले मार्सीधान संरक्षणका लागि पकेट क्षेत्र घोषणा गर्ने, निरोगी बीउ वितरणदेखि खेती प्रवर्द्धनको लागि छलफल चलाउने गरिएको छ । साभार 

मार्सीको रोपाइँमा समेत आयतित चिउराको प्रयोग हुन थालेको उनले सुनाए । कृषि विकास कार्यालयले मार्सीधान संरक्षणका लागि पकेट क्षेत्र घोषणा गर्ने, निरोगी बीउ वितरणदेखि खेती प्रवर्द्धनको लागि छलफल चलाउने गरिएको छ । साभार कान्तिपुर 

कान्तिपुर 

प्रतिक्रिया