रजकको परिवारलाई भाटभाटेनीको ५ लाख रुपैयाँ

काठमाडौं । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले यही तीनकुनेमा हत्या गरिएका पत्रकार सुरेश रजकको परिवारलाई ५ लाख आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।
आज कोटेश्वरमा रहेको भाटभेटनी सुपरमार्केटमा आयोजित कर्मचारी सम्मान कार्यक्रममा उनले यस्तो घोषणा गरेका हुन्। त्यसैगरी सोही दिन प्रहरीको गोली लागेर मृत्यु भएका कीर्तिपुरका सबिन महर्जजको परिवारलाई ३ लाख आर्थिक सहयोग दिने घोषणा गरेका छन् ।
कार्यक्रममा राजावादीको आन्दोलनका क्रममा चैत १५ गते नै कोटेश्वरको भाटभटेनीमा लुटपाट गर्न गएकाहरुलाई एक्लै प्रतिकार गरेका सुरक्षा गार्ड दुलप्रसाद पराजुलीलाई ५ लाख नगद सहित गुरुङले सम्मान गरेका थिए ।
पराजुलीले लुटेराहरूलाई पिट्दै लखेटेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ । उनको योगदानका लागि आज भाटभटेनीले ५ लाख १ हजार १११ रुपैयाँ, एउटा फुली र पाँच ग्रेड बढुवासहित सम्मान गरेको हो ।राजधानीबाट
प्रतिक्रिया