कर्णालीको अवस्था देख्दा यहाँ नेता नभएको अनुभूति भयो : गोकुल बाँस्कोटा

कर्णालीको अवस्था देख्दा यहाँ नेता नभएको अनुभूति भयो  : गोकुल बाँस्कोटा

जुम्ला –  कर्णाली राजमार्ग हुँदै जुम्ला पुगेका एमाले पोलिटब्युरो सदस्य र पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले यहाँका सडकको दयनीय अवस्थालाई लिएर चिन्ता व्यक्त गर्नुभएको छ ।

उहाँले सडकलाई विकासको मेरुदण्ड मान्दै भन्नुभयो, 'सडक राम्रो नभएपछि यहाँका नागरिकको समृद्धि कसरी सम्भव हुन्छ ?'  कर्णाली राजमार्गमा सुधारको स्तरवृद्धि नहुनु दुःखद भएको र यहाँका नेताहरूको कार्यसम्पादन चित्तबुझ्दो नभएको टिप्पणी गर्नुभयो  ।

बाँस्कोटाले आफ्नो भ्रमणको उद्देश्य स्पष्ट गर्दै भन्नुभयो, 'हवाईजहाजबाट आउन सकिन्थ्यो, तर यहाँका नागरिकको अवस्था बुझ्न स्थलमार्ग हुँदै आएको हुँ ।' उहाँले  कर्णालीमा समृद्धिको थुप्रै सम्भावनाहरू देखिएता पनि कामको अभाव रहेको बताउनुभयो  ।

साथै, उहाँले कर्णालीमा विकासका लागि नेताहरूको सक्रियता र समर्पणको आवश्यकता रहेको जोड दिनुभयो । 'यहाँका नेताहरूले सक्रियताका साथ काम गर्न सक्नुपर्छ,' उहाँले भन्नुभयो ।

प्रतिक्रिया