म भित्रको मौन चिच्याहट

- प्रतीक्षा शाही ठकुरी
मेरो भित्र अनगिन्ती कुरा छन्
जुन म संसारलाई चिच्याएर भन्न चाहन्छु।
तर सोच्दछु,
के संसारले साँच्चिकै मेरो रोदन सुन्छ ?
के यसले मेरो दुःख, मेरो सुन्यता, मेरो मौन पीडा स्वीकार्छ ?
म एक्लै रुँदै छु
एउटा संवेदनशील हृदय र कठोर बनेको मन लिएर,
आफैँलाई बुझाउँदै भन्छु,
म पर्याप्त छु।
तर मेरो भित्र कतै,
अझै बाँचेकी छे
त्यो सानी केटी, जसले कहिल्यै माया र खुशीको सपना देखेकी थिई।
ऊ आज पनि सोचिरहेकी छ
के म कहिल्यै आफूले चाहेको जीवन पाउनेछु ?
के मेरा दुःखहरू निको हुनका लागि पर्याप्त छैनन्
वा ती दुःखहरू कहिल्यै नटुट्ने,
एक अनन्त चक्रमा बाँधिएका छन्
किन पीडा बारम्बार फर्किन्छरु
किन यसले झन् गहिरा नकारात्मक सोच र शङ्काहरू ल्याउँछरु
किन म मानसिक रूपमा सशक्त र आत्मिक रूपमा शान्त
एकै समयमा हुन सक्दिनँ ?
कहिलेकाहीँ लाग्छ
संसारले मलाई आफ्नै मानसिकता गुमाउन बाध्य पारिरहेको छ,
शान्तिको कल्पनासमेत गर्न नदिने बनाइरहेको छ।
के यो अत्यधिक चाहना हो ?
आफ्नै संसार सिर्जना गर्ने,
जहाँ म स्वतन्त्र रूपमा खुशी हुन सकूँ ?
के हो यो दुःख ?
यो कहिल्यै निको नहुने पीडा,
जो समयसँगै फेरि फेरि फर्कन्छ,
मलाई थिचिरहन्छ,
जस्तो कि म यसबाट मुक्त हुन योग्य छैन।
र किन म यसबाट छुट्कारा पाउन सक्दिनँ ?
म प्रयास गर्छु
यस गहिरो भारीपनलाई अर्थ दिने,
यसलाई अभिव्यक्त गर्ने सही शब्दहरू खोज्ने ।
तर, शायद,
सही शब्दहरू खोज्नु नै समाधान होइन ।
शायद मूल कुरा यही हो
भित्रको अशान्तिलाई आँखा चिम्लेर होइन,
साहसका साथ हेर्ने ।
र आशा गर्ने
एक दिन,
यी सबै कुराहरू आफैमा अर्थपूर्ण हुनेछन् ।
प्रतिक्रिया