बुढानिलकण्ठ, त्रिपुरासुन्दरी र शे–फोक्सुण्डोबीच त्रिपक्षीय शैक्षिक साझेदारी

बुढानिलकण्ठ, त्रिपुरासुन्दरी र शे–फोक्सुण्डोबीच त्रिपक्षीय शैक्षिक साझेदारी

काठमाडौँ –   शैक्षिक सुधारको उद्देश्यसहित बुढानिलकण्ठ नगरपालिका, त्रिपुरासुन्दरी नगरपालिका र शे–फोक्सुण्डो गाउँपालिकाबीच त्रिपक्षीय शैक्षिक साझेदारीको सम्झौता भएको छ। त्रिपुरासुन्दरीमा आयोजित कार्यक्रममा तीनै पालिकाका प्रमुखहरूले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

बुढानिलकण्ठका नगरप्रमुख मिठाराम अधिकारीले आफ्नो नगरले प्राप्त गरेका असल अभ्यास साझा गर्दै डोल्पाका विद्यार्थीलाई स्टेसनरी वितरणसमेत गरिएको जानकारी दिनुभयो। सम्झौतामा निःशुल्क खाजा, उत्कृष्ट विद्यार्थीलाई पुरस्कार र महिला शिक्षालाई प्राथमिकता दिने उल्लेख छ।

डोल्पाका स्थानीय प्रतिनिधिहरूले सहकार्यबाट दुर्गम क्षेत्रको शैक्षिक रुपान्तरण सम्भव हुने विश्वास व्यक्त गरे। साझेदारीले शिक्षा मार्फत् काठमाडौँ र डोल्पाबीच भावनात्मक सम्बन्ध बलियो बनाउँदै समावेशी विकासमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया