दैलेखमा अपहरणमा परेकी तीन महिनाकी शिशु सकुशल फेला

दैलेखमा अपहरणमा परेकी तीन महिनाकी शिशु सकुशल फेला

 

सुर्खेत –  दैलेखको ठाटीकाँध गाउँपालिका–१, सिराडी ग्वालिपिन्नबाट अपहरणमा परेकी तीन महिनाकी श्रीया बुढा सकुशल फेला परेकी छन्।

शिशु लिएर भाग्दै गरेको अवस्थामा चामुण्डाबिन्द्रासैनी नगरपालिका–२, लामिडाँडाको जंगलबाट अन्दाजी २० वर्षीया शर्मिला विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय दुल्लुका प्रमुख डिएसपी श्याम अर्यालका अनुसार शिशुको अवस्था सामान्य छ।

पक्राउ परेकी महिलाले भने शिशु आफैंले नभई तीन पुरुषले ल्याएर दिएको दाबी गरेकी छन्। शिशु अपहरण हुनुअघि बमबहादुर बुढाको घर नजिकैको खरमा आगलागी भएको थियो। आगो निभाउन गएका बेला शिशु हराएको र योजनाबद्ध रुपमा अपहरण गरिएको शंका परिवारले व्यक्त गरेका छन्।

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया