दैलेखमा बजार अनुगमन

दैलेख – जिल्ला प्रशासन कार्यालय दैलेखको संयोजनमा जिल्लामा सञ्चालित व्यवसायिक गतिविधिहरूको अनुगमन गरिएको छ।
बजार अनुगमन टोलीले होटेल, पसल र अन्य व्यवसायहरूमा सरसफाइ, दर्ता स्थिति, मूल्य सूची र साइनबोर्डजस्ता अनिवार्य मापदण्डहरूबारे निरीक्षण गरेको हो । अनुगमन टोलीको संयोजकत्व जिल्ला प्रशासन कार्यालयका बजार अनुगमन अधिकृत गणेश कोईरालाले गर्नुभएको थियो ।
कोइरालाले व्यवसाय सञ्चालनमा सरसफाइमा विशेष ध्यान दिन, दर्ता नभएका व्यवसायीहरूलाई तत्काल दर्ता प्रक्रियामा जान र साइनबोर्ड नराखेका व्यवसायहरूले अनिवार्य रूपमा बोर्ड राख्न निर्देशन दिनुभयो । उहाँले उद्योग वाणिज्य संघलाई व्यवसायीहरूको दर्ता र साइनबोर्ड व्यवस्थापनमा सहजीकरण गर्न आग्रह गर्नुभएको थियो ।
बजार अनुगमनमा जिल्ला प्रशासन कार्यालय दैलेखसँगै जिल्ला स्वास्थ्य सेवा कार्यालय, उद्योग तथा उपभोक्ता हित संरक्षण मञ्च, जिल्ला प्रहरी कार्यालय, पशु अस्पताल तथा पशु सेवा कार्यालय र नेपाल पत्रकार महासंघ दैलेखको प्रतिनिधित्व रहेको थियो।
प्रमुख जिल्ला अधिकारी नमराज जैसीले कार्यालयमा आफ्नो कार्यकाल प्रारम्भ भएदेखि सामाजिक, सांस्कृतिक, धार्मिक, शैक्षिक तथा विकासका सवालमा सक्रियता देखाउँदै आएका छन् ।
उनका अनुसार बजार अनुगमनको मुख्य उद्देश्य उपभोक्ताको हित संरक्षण गर्नुका साथै सुर्तीजन्य वस्तुको नियन्त्रण, सचेतना विस्तार तथा ऐन र नियमावलीअनुसार आवश्यक कानुनी कारबाही सुनिश्चित गर्नु हो ।
उपभोक्ता हित संरक्षण ऐन, २०७५ र नियमावली २०७६ को प्रभावकारी कार्यान्वयनका लागि अनुगमनलाई नियमित रूपमा अगाडि बढाइने प्रमुख जिल्ला अधिकारी जैसीले बताउनुभयो ।
प्रतिक्रिया