दैलेखमा बालबालिकालाई पत्रकारिता र मनोविज्ञान सम्बन्धी तालिम

दैलेख – दैलेखमा बालबालिकालाई पत्रकारिता र मनोविज्ञान सम्बन्धी तालिम सम्पन्न भएको छ । सोसेक नेपाल र सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चालित सहयात्रा परियोजनाले चामुण्डाबिन्द्रासैनी नगरपालिकाभित्रका बालबालिकालाई पत्रकारिता र मनोविज्ञान सम्बन्धी दुई छुट्टाछुट्टै तालिम दिएको हो ।
जम्बुकाँधमा आयोजित तालिममा सहयात्रा परियोजनाअन्तर्गत गठित बाल क्लबका १८ जना अभियानकर्ता बालबालिकाको सक्रिय सहभागिता रहेको थियो।
बुधबार र बिहीबार दुई दिनसम्म सञ्चालित पत्रकारिता तालिममा बालबालिकालाई समाचार लेखनका तत्व, समावेशिता, सन्तुलन, विश्वसनीयता, सिर्जनशीलता र सरल तथा शुद्ध ढंगले अभिव्यक्त गर्ने सीप सिकाइएको थियो। तालिममा पत्रकार अमर सुनार र सुरेन्द्र शाहीले सहजीकरण गर्नुभएको थियो ।
यसैगरी बुधबारदेखि तीन दिनसम्म चलेको अर्को तालिममा बाल अधिकारका अभियन्ताहरुलाई पीडित बालबालिकाको मनोविज्ञान बुझ्ने तरिका, सहानुभूति र मानवता सम्बन्धी सवालमा प्रशिक्षण दिइएको थियो । तालिममा सोसेक नेपालका बाल हेल्पलाइन संयोजक रमा श्रेष्ठ र मनोविमर्शकर्ता गीता बिष्टले सहजीकरण गर्नुभएको थियो ।
तालिममार्फत बालबालिकाको अभिव्यक्ति क्षमता अभिवृद्धि गर्नुका साथै उनीहरूलाई समाजमा संवेदनशील विषयमा सचेत र सक्रिय बनाउने उद्देश्य रहेको आयोजकहरूले बताएका छन्।
प्रतिक्रिया