एउटै वडामा भेटिए क्षयरोगका २५ सङ्क्रमित

एउटै वडामा भेटिए क्षयरोगका २५ सङ्क्रमित

जलेश्वर ।  महोत्तरीको बलवान नगरपालिकाको एउटै वडामा २५ जना क्षयरोगका सङ्क्रमित भेटिएका छन् । यहाँको वडा नं ११ धमौरा गाउँमा २५ जनामा क्षयरोगको सङ्क्रमण फेला परेको जनस्वास्थ्य कार्यालयका  स्वास्थ्यकर्मी प्रतिभा सिंहले जानकारी दिनुभयो ।

धमौरा स्वास्थ्यचौकी इन्चार्ज वीरेन्द्र महतोले यहाँ १७ देखि ७४ वर्ष उमेर समूहका व्यक्तिमा क्षयरोगको सङ्क्रमण देखिएको बताउनुभयो । उहाँका अनुसार सङ्क्रमितमध्ये ८० प्रतिशत स्थानीय मुसलिम समुदाय र बाँकी अन्य जातजातिका रहेका छन् ।

यस्तै, सङ्क्रमितमध्ये १२ जनाले हाल स्वास्थ्यचौकीको सम्पर्कमा रहेर औषधि सेवन गरिरहेका स्वास्थ्यचौकी ईन्चार्ज महतोले बताउनुभयो । स्थानीयले वडामा तत्काल बृहत्त् सचेतना अभियान सञ्चालन गरेर थप सङ्क्रमितको खोजतलाश गर्न  र सङ्क्रमण फैलिन रोक्नुपर्ने माग गरेका छन् । 

क्षयरोग चुरोट, बिडी र धूमपान, धुँवाधुलो र खानपानको समस्याले हुने एक प्रकारको सरुवा रोग हो । यसको समयमै उपचार नभए एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दै भयावह रुप लिनसक्ने जनस्वास्थ्यकर्मीको भनाइ छ । नेपाल सरकारले यस रोगको औषधि निःशुल्क प्रदान गरिरहेको छ । 

प्रतिक्रिया