५२औँ जन्मदिनमा थापाद्वारा खाद्यान्न र शैक्षिक सामग्री सहयोग

५२औँ जन्मदिनमा थापाद्वारा खाद्यान्न र शैक्षिक सामग्री सहयोग

 

दैलेख -  सामाजिक अभियन्ता तथा सोसेक नेपालका कार्यकारी निर्देशक हीरासिंह थापाले आफ्नो ५२ औँ जन्मदिनको अवसरमा खाद्यान्न र शैक्षिक सामग्री सहयोग गर्नुभएको छ ।

थापाले वादी सरोकार मञ्च सुर्खेतका बालबालिकालाई ३० हजार बराबरको खाद्यान्न सहयोग गर्नुभएको छ भने मधेस प्रदेशका दलित समुदायका बालबालिकाका लागि १५ हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री ‘पिस४दलित फाउन्डेसन’ मार्फत प्रदान गर्नुभयो ।

समाज परिवर्तनको अभियानमा व्यक्तिगत उत्सवलाई पनि सामाजिक उत्तरदायित्वसँग जोड्नुपर्ने आवश्यकता रहेको थापा बताउँनुहुन्छ । उहाँ भन्नुहुन्छ, 'जन्मदिनजस्ता विशेष दिनमा पार्टी वा व्यक्तिगत खर्चभन्दा पनि आवश्यकमा परेका समुदायका लागि सानो सहयोगले ठूलो आशा दिन सक्छ। मैले यसलाई सधैं जीवनशैलीकै रूपमा अपनाउने प्रयास गरेको छु।'

 आगामी दिनहरूमा पनि यस्ता सामाजिक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । वादी सरोकार मञ्चका प्रतिनिधिहरूले थापाको सहयोगप्रति आभार प्रकट गर्दै यसले समुदायका बालबालिकाको पोषण र पठनपाठनमा सहयोग पुग्ने बताएका छन्।

थापाले विगत लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय रहँदै आउनुभएको छ । उहाँले विशेषगरी सीमान्तकृत समुदायका बालबालिकाको शिक्षा, स्वास्थ्य तथा मानव अधिकारका क्षेत्रमा काम गर्दै आउनुभएको छ ।

प्रतिक्रिया