नयाँ वर्षको अवसरमा भैरवीमा वृहत देउडाखेल

दैलेख – नयाँ वर्ष २०८२ को अवसरमा दैलेखको भैरवी गाउँपालिका–२ रावतकोट मष्टास्थानमा वृहत देउडाखेल कार्यक्रम सम्पन्न भएको छ । मध्यपहाडी लोकमार्गसँगै रावतको मष्टाथानमा आयोजना गरिएको कार्यक्रममा दुल्लु–भैरवी क्षेत्रका देउडा पारखी, जनप्रतिनिधि, संघीय सांसदसहितको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रममा धमारीदेखि ढुस्कोसम्मका परम्परागत देउडा शैली प्रस्तुत गरिएका थिए । देउडा गीतमार्फत जातीय भेदभाव, छाउपडी, बालविवाहलगायत सामाजिक कुरीतिहरूविरुद्ध सन्देश दिइएको थियो ।
कार्यक्रममा कालिकोटकी लोकगायिका यसोदा देवकोटा र दैलेख चामुण्डाबिन्द्रासैनीका गणेश खड्काको विशेष भूमिका रहेको थियो । सांस्कृतिक संरक्षणसँगै सामाजिक चेतना फैलाउने उद्देश्यले आयोजना गरिएको उक्त देउडाखेलमा बाक्लो सहभागिता रहेको आयोजकले जनाएको छ।
प्रतिक्रिया