रुकुम पश्चिमका २२ हजार घरधुरीमा केन्द्रीय विद्युत् प्रसारण

रुकुम पश्चिमका २२ हजार घरधुरीमा केन्द्रीय विद्युत् प्रसारण

रुकुम पश्चिम –   जिल्लाको २१ हजार ८५५ घरमा केन्द्रीय विद्युत् प्रसारण जोडिएका छन् । छवटा स्थानीय तहमध्ये अझै १८ हजार घरमा केन्द्रीय विद्युत् प्रसारण पुग्न बाँकी रहेको रुकुम पश्चिम विद्युत् वितरण केन्द्र प्रमुख वीरमान रासकोटीले जानकारी दिनुभयो । 

प्राधिकरणले केही महिनाअघि जिल्लाका ७३ वडाको लगत सङ्कलन गरेको थियो । चालु आर्थिक वर्षसम्म जिल्लाभरबाट दुई हजार ५०० घर थपिने प्राधिकरणको अनुमान छ । 

हालसम्म सानीभेरी गाउँपालिका–५ र ७ तथा आठविसकोट नगरपालिका–३ मा केन्द्रीय विद्युत् प्रसारण लाइन पुग्न सकेको छैन । केन्द्रीय प्रसारण लाइन नपगुेका ती घरहरुमा स्थानीय स्तरमा उत्पादित जलविद्युत् आयोजनाको विद्युत् प्रयोग गरिरहेका छन् । जिल्लाका सबै नागरिकलाई दुई वर्षभित्र केन्द्रीय विद्युत् प्रसारणको पहुँचमा ल्याउने लक्ष्य रहेको वितरण केन्द्र प्रमुुख रासकोटीले बताउनुभयो । 

जिल्लामा सञ्चालन भइरहेको पुनःविद्युतीकरण परियोजना तथा भम्पू चौर सबस्टेसनको काम सम्पन्न भएपछि जिल्लामा केन्द्रीय प्रसारण लाइनमा नसमेटिएका घरपरिवारलाई समेटिने उहाँले जानकारी दिनुभयो । जिल्लाभर केन्द्रीय प्रसारण लाइन विस्तार गर्न करिब रु १६ करोड बजेट आवश्यक पर्ने वितरण केन्द्र रुकुम पश्चिमले जनाएको छ ।

प्रतिक्रिया