स्रोतको प्रभावकारी उपयोग नभएकोमा विज्ञको चिन्ता

काठमाडौँ – आगामी बजेट र विकासका लागि वित्तीय व्यवस्थापनसम्बन्धी अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
ट्याक्स एड एलायन्स, ट्याक्स एन्ड फिस्कल जस्टिस एलायन्स नेपाल, एजुकेशन आउट लाउड, ग्लोबल पार्टनरशिप फर एजुकेशन र एक्सनएड नेपालको संयुक्त आयोजनामा अन्तक्रिया कार्यक्रम गरिएको हो । उक्त कार्यक्रममा नेपालको वर्तमान आर्थिक अवस्था, बजेट व्यवस्थापन, र स्रोतको प्रभावकारी प्रयोगबारे गरिएको थियो ।
नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्र बहादुर क्षेत्रीले स्रोतको कमी नभई त्यसको दुरुपयोग मुख्य समस्या भएको बताए । उनले प्रहरी कार्यालयमा थन्किएका हजारौँ मोटरसाइकलको उदाहरण दिँदै “स्रोतको सही उपयोग गर्ने सोच र योजना अभावमा छ,” उनले भने।
वरिष्ठ अर्थशास्त्री डा. डिल्ली राज खनालले सरकारलाई कर्मचारीको तलब दिनसमेत गाह्रो भइरहेको उल्लेख गर्दै राज्यको आम्दानी घट्दै गएको र खर्च बढेको बताए।
यस्तै, वरिष्ठ पत्रकार जनार्दन बरालले अमेरिका र बेलायत लगायतका दातृ राष्ट्रहरूले सहायता घटाएपछि नेपालको आन्तरिक संरचना थप कमजोर बनेको बताए ।
सावधिक व्याज भुक्तानी बढेपछि शिक्षा र स्वास्थ्यजस्ता अत्यावश्यक क्षेत्र बजेट अभावमा परेको चाटर्ड एकाउन्टेन्ट प्रवेश आचार्यको भनाई थियो ।
कार्यक्रमका सहभागीहरूले आर्थिक ऐनको अभावलाई सबैभन्दा ठूलो समस्या माने। उनीहरूका अनुसार ऐन अभावका कारण स्रोत व्यवस्थापनमा पारदर्शिता, जवाफदेहिता र उत्तरदायित्व स्थापित गर्न सरकार असफल देखिएको छ ।
कार्यक्रममा सहभागी विज्ञहरुले स्रोतको प्रभावकारी उपयोग, दिगो बजेट प्रणाली र आर्थिक ऐन निर्माणमा ध्यान दिनुपर्ने सुझाव प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया