शिक्षा रूपान्तरणका लागि सामूहिक जिम्मेवारी आवश्यक : मन्त्री भण्डारी

शिक्षा रूपान्तरणका लागि सामूहिक जिम्मेवारी आवश्यक : मन्त्री भण्डारी

सुर्खेत –   कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले शिक्षा सुधारका लागि सबै जिम्मेवार बन्न आवश्यक रहेको बताउनुभएको छ ।

वीरेन्द्रनगरमा बुधाबारदेखि सुरुभएको कर्णाली एजुकेशन एक्स्पोको उद्घाटन सत्रमा बोल्दै उहाँले आफ्नो भूमिका अनुरूपको जिम्मेवारी पूरा नगर्दा शिक्षामा वितृष्णा जागेको बताउनुभयो । 

ढुंगे युगदेखि सूचना प्रविधीको युगमा प्रवेश गर्दैगर्दा पनि सोहीअनुरुप शिक्षा बढोत्तरी परिवर्तन हुन नसकेको प्रति दुःख व्यक्त गर्नुभयो । उत्पादनको युगमा जोडिन नसकिएको सम्बन्धी टिप्पणी गर्दै शिक्षा प्रणालीलाई उत्पादनमा जोड्नुपर्ने धारणा राख्नुभएको थियो । 

विद्यालय बनाउने अभियानमा लाग्न सके शैक्षिक सुधार हुने विश्वास व्यक्त गर्नुभयो । विद्यार्थी भर्ना अभियानको समयमा शिक्षकहरु आन्दोलनमा हुनुपरेको विषयमा गम्भीरता व्यक्त गर्दै संघीय सरकारले जायज मागलाई सम्बोधन गरी  शिक्षकलाई आन्दोलनबाट फर्काउन अपिल गर्नुभयो । 

साथै, एक्स्पोमा भएका प्रस्तुतिकरण र छलफलबाट आउने निष्कर्षका आधारमा सरकारले आगामी नीति तथा योजनामा जोड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कर्णाली विकास केन्द्रद्वाराआयोजित आजदेखि सञ्चालन भएको एक्स्पो तीन दिनसम्म सञ्चालन हुनेछ। 

प्रतिक्रिया