नविन पाण्डेको ‘दुल्लु दरबार’ सार्वजनिक

दैलेख – सिजाली राजाको गौरव र सिजा सभ्यताको मौलिकता झल्काउने नयाँ गीत ‘दुल्लु दरबार’ सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रको सांस्कृतिक र ऐतिहासिक सम्पदालाई केन्द्रमा राखेर तयार पारिएको यस गीतमार्फत नविन पाण्डेले आफ्नो सांगीतिक यात्राको सुरुवात गर्नुभएको हो ।
निजामती सेवामा संलग्न पाण्डेले संगीतप्रति विशेष रुचि राख्दै आउनुभएको थियो । कर्णाली र सुदूरपश्चिम क्षेत्रका सांगीतिक स्वाद बोकेको यो गीतले स्थानीयपनको जगेर्ना गर्न खोजेको छ । गीतमा चर्चित गायक चक्र बम, गायिका पूर्णकला बिसी, राजु केसी र इब्सल सन्ज्यालले स्वर दिनुभएको छ ।
गीतको भिडियोमा गायक चक्र बम, अभिनेत्री दिपा शाही, नविन पाण्डे स्वयं र मिस पवीको अभिनय छ । भिडियो चक्र बमको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
गीत तयार पारिएको सन्दर्भमा नविन पाण्डे भन्नुहुन्छ, 'सिजा सभ्यता र हाम्रो धर्म-संस्कृतिको सुगन्ध फैलाउने उद्देश्यले यो गीत बनाइएको हो । यसले हाम्रो मौलिकता र इतिहासको कथा सुनाउनेछ।
‘दुल्लु दरबार’ कर्णाली र सुदूरपश्चिम क्षेत्रमा लोकप्रिय बन्दै गएको छ । गीतले दर्शक तथा श्रोतामाझ सांस्कृतिक चेतना र स्थानीय पहिचानप्रतिको अभिव्यक्तिलाई पुनः उजागर गराएको छ ।
https://www.youtube.com/watch?v=K5eORhkvDsw
प्रतिक्रिया