सुत्केरी मृत्युु प्रकरण : गुरुङ आफन्तलाई १५ लाख रुपैयाँ क्षतिपूर्ति दिन आदेश

सुर्खेत – जिल्ला अदालत सुर्खेतले कर्णाली प्रदेश अस्पतालमा चिकित्सकीय लापरवाहीका कारण मृत्यु भएको ठहर गर्दै दैलेखकी भिमा गुरुङका आफन्तलाई १५ लाख रुपैयाँ क्षतिपूर्ति दिलाउने फैसला गरेको छ।
गत चैत २९ गते सामान्य पेट दुखाइ लिएर अस्पताल पुगेकी २२ वर्षीया भिमा गुरुङको शल्यक्रियापछि मृत्यु भएपछि परिवारले चिकित्सकको लापरवाही आरोप लगाउँदै अदालतमा मुद्दा दायर गरेका थिए ।
बुधबार न्यायाधीश दीपक ढकालको इजलासले अस्पतालका निर्देशक डा. डम्बर खड्का र शल्यक्रियामा संलग्न चिकित्सकहरूलाई प्रतिवादी बनाउँदै क्षतिपूर्ति भराउने आदेश दिएको हो।
अस्पताल प्रशासन र प्रदेश सरकारबाट उचित सुनुवाइ नपाएपछि मृतकका जेठाजू धन मगरमार्फत अदालतमा दायर गरिएको मुद्दामा मृतकका आठमहिने छोरीको पालनपोषण तथा परिवारको संरक्षण माग गरिएको थियो।
अदालतको निर्णयले चिकित्सकीय लापरवाहीका घटनामा पीडित पक्षलाई न्याय दिने दिशामा महत्त्वपूर्ण उदाहरण पेश गरेको छ।
प्रतिक्रिया