आयुर्वेद अस्पतालमा अन्तरङ्ग सेवा सुरु

आयुर्वेद अस्पतालमा अन्तरङ्ग सेवा सुरु

सुर्खेत –   प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रले अन्तरङ्ग सेवा सञ्चालनमा आएको छ ।

अन्तरङ्ग सेवा सञ्चालनमा आएसँगै अब विरामीले अस्पतालमै भर्ना भएर उपचार लिन पाउने छन् । यसअघि अस्पतालमा अन्तरङ्ग सेवा नहुँदा वीरेन्द्रनगर बाहिरका विरामीलाई कोठा भाडामा लिएर उपचार गराउनु पर्ने बाध्यता रहेको थियो ।

कर्णाीली प्रदेशमै पहिलो पटक प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र सुर्खेतले अन्तरङ्ग सेवा सञ्चालनमा ल्याएको हो । कर्णालीको सुर्खेतबाट सञ्चालनमा आएको आयुर्वेद तथा वैकल्पिक चिकित्सा तर्फको अन्तरङ्ग सेवा प्रदेशका दश वटै जिल्लामा पु¥याउने सरकारी लक्ष्य रहेको छ ।

अस्पतालले आवश्यक जनशक्तिसँगै पूर्वाधार तयार गरेपछि प्रदेशको सामाजिक विकास मन्त्रालयले आज अन्तरङ्ग सेवा सञ्चालनका लागि अनुमति दिएको हो । यद्यपि  अस्पतालले गएको चैत ११ गते देखि नै अन्तरङ्ग सेवा शुरु गरी हालसम्म १४ जना विमारीलाई डिस्चार्ज गर्नुका साथै अहिले ६ जना विरामीको उपचार गरिरहेको अस्पतालका निर्देशक डाक्टर लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभयो  ।

उनले प्रदेश राजधानी जस्तो ठाउँमा लामो समयदेखि आयुर्वेद तथा वैकल्पिक चिकित्सा तर्फका सेवाग्राहीको मागलाई सम्बोधन गर्न अन्तरङ्ग सेवा शुरु गरिएको जनाउनुभयो  । ‘सेवाग्राहीको मागसँगै समय सापेक्ष अस्पतालले अन्तरङ्ग सेवा शुरु गर्नु नै थियो,’ उहाँले भन्नुभयो, ‘ढिलैभएपनि प्रदेश सरकार र सेवाग्राहीको मायाले उपलब्ध साधनस्रोतको अधिकतम् उपयोग गर्दै अन्तरङ्ग सेवा शुरु गरेका छौं ।’

उहाँले मागको अनुपातमा हालको सेवा पर्याप्त नभएपनि चाडै थप स्तरोन्नती गर्ने अस्पतालको योजना रहेको जानकारी दिनुभयो  । उहाँका अनुसार हाल १७ जना विरामी क्षमताको अन्तरङ्ग सेवा  सञ्चालनमा ल्याईएको छ । यता अस्पतालका सूचना अधिकारी श्रीराम आचार्यले हाल सञ्चालनमा आएको अन्तरङ्ग सेवा शुरु सानो ठाउँबाट शुरु गरिएपनि अस्पतालको भवन निर्माण चार वर्षदेखि अलपत्र परेको बताउनुभयो  ।

उहाँले अस्पतालको भवन निर्माणमा भईरहेको ढिलाईले आवश्यकता अनुरुपको सेवाहरु प्रवाह गर्न कठिनाई भईरहेको जनाउनुभयो  । उहाँका अनुसार सरकारले ३० वेडको अन्तरङ्ग सेवा सञ्चालनका लागि अनुमति दिएपनि पर्याप्त भौतिक पूर्वाधार आवश्यक जनशक्ति नहुँदा समस्या भईरहेको छ ।

अस्पतालमा हाल २६ जनाको मात्र दरबन्दी कायम गरिएपनि डेढ जनशक्तिको आवश्यकता हुन्छ । अहिले अधिकांस करारकै कर्मचारीबाट काम चलाउनु परिरहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया