वीरेन्द्रनगरमा फोर्स गाडीको ठक्करबाट एकजनाको मृत्यु

वीरेन्द्रनगरमा फोर्स गाडीको ठक्करबाट एकजनाको मृत्यु

सुर्खेत –   सुर्खेतको वीरेन्द्रनगरमा आइतबार बिहान फोर्स गाडीको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ।

कर्णाली प्रदेश ०१००१ ख ०९१५ नम्बरको गाडीले ठक्कर दिँदा जुम्लाको हिमा गाउँपालिका–४ का अन्दाजी ५५ वर्षीय कालिबहादुर बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र वीर विश्वकर्माका अनुसार गाडीको ठक्करबाट गम्भीर घाइते भएका बुढाको टाउकोमा चोट लागेको थियो। उपचारका क्रममा उनको मृत्यु भएको हो।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया