लैङ्गिक हिंसा न्यूनीकरण गर्न दैलेखमा अन्तक्रिया कार्यक्रम सम्पन्न

दैलेख – लैङ्गिक हिंसा न्यूनीकरण तथा पीडितको सशक्तिकरणका लागि दैलेखमा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । नारायण नगरपालिकाको आयोजना, सोसेक नेपालको समन्वयमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा महिला तथा बालबालिका शाखा प्रमुख गीता बुढाले लैङ्गिक हिंसामा परेका पीडितको क्षमता विकास, जनचेतना अभिवृद्धि, तथा हिंसाका घटनामा न्यूनता ल्याउने उद्देश्यले छलफल गरिएको जानकारी दिइन्। उनले पीडितहरूलाई न्याय प्राप्तिमा सघाउनका लागि नीति निर्माण गरिएको पनि उल्लेख गर्नुभयो ।
कार्यक्रममा नारायण नगरपालिकाका नगरप्रमुख लोमन शर्मा, उपप्रमुख तप्ता थापा, वडा अध्यक्षहरू, नगरपालिकाका कर्मचारी, सुरक्षा निकायका प्रतिनिधि, तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
प्रतिक्रिया