चामुण्डाबिन्द्रासैनीमा प्रथम बालिका सम्मेलन
समाज रुपान्तरणका लागि एकजुट हुने प्रतिवद्वता

दैलेख – दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकामा पहिलो प्रथम बालिका सम्मेलन गरिएको छ । “सशक्त बालिका, समावेशी समाज(हाम्रो सपना, हाम्रो अभियान” भन्ने मुल नाराका साथ चामुण्डाबिन्द्रासैनी नगरपालिकामा प्रथम बालिका सम्मेलन गरिएको हो ।
नगर बाल सञ्जालको आयोजना, चामुण्डाबिन्द्रासैनी नगरपालिका, सेभ द चिल्ड्रेन र सोसेक नेपालको संयुक्त साझेदारीमा गरिएको बताइएको छ ।
बालबालिकाको सर्वाङ्र्गिर्ण विकासमा प्रभाव पु¥याउने बालविवाह, छाउपडी, बालश्रम जस्ता गैरकानुनी अमानवीय र हिंसात्मक कार्य समाजमा रोक्दै विषेशगरी बालिकाको अधिकार सुनिश्चित गर्ने उद्धेश्यले बालिका सम्मेलनको आयोजना गरिएकोे आयोजकले जनाएको छ ।
सम्मेलनमा कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनोद कुमार शाहले शिक्षाको गुणस्तर बृद्धि, बालबालिकाहरुको क्षमता विकास र सामाजिक परिवर्तनमा खेलेको महत्वपूर्ण भूमिकालाई स्मरण गर्दै सेभ द चिल्डे«न र सोसेक नेपाललाई धन्यवाद दिनुभयो । अहिले पनि चामुण्डाबिन्द्रासैनी नगरपालिमा २१ प्रतिशत बालविवाह रहेको र त्यो घटाउन विकास साझेदार संस्थालाई उनले आग्रह गर्नुभयो ।
छुवाछुत, भेदभाव, बालविवाह, छाउपडी जस्ता कुप्रथाहरुको अन्त्यका लागी धेरै पहिला देखि संघर्ष गरिए पनि हाम्रो समाजमा अझै जिवित रहेको शाहको भनाई थियो ।
यस्तो बालिका सम्मेलन देशमा विरलै हुने गरेको बताउदै शाहीले भन्नुभयोे, ‘बालिकाका सवालहरुको सम्बोधन तथा अधिकारको सुनिश्चितताका लागी यस्ता कार्यक्रमको आवश्यक छ ।’
सम्मेलनमा उपस्थित भएका सम्पूर्ण बालिकाहरुले छाउपडी प्रथा आजै देखि अहिले देखी नै म बस्ने छैन र मर्यादितरुपमा प्रयोग गर्नेछु भन्ने प्रतिबद्धता बालिका र अभिभावकहरुले गर्नुपर्ने चामुण्डाबिन्द्रासैनी नगरपालिकाका नगर प्रमुख गणेशकुमार शाहीले बताउनुभयो । यो कुप्रथालाई हटाउन व्यवहारमा लागु गर्नुपर्छ,’उहाँले भन्नुभयो, ‘नागरिकको चेतनास्तरमा परिवर्तन नभएसम्म यो प्रथा कायमै रहने भएकाले सोच र विचार बदल्नुपर्छ ।’
नेपालले अन्तर्राष्ट्रिय बालअधिकार महासन्धी अनुमोदन गरिसकेको र नेपालको संविधानमा समेत बालबालिकाका हक अधिकारको व्यवस्था गरेका कारण बालबालिकाका अधिकारहरुको सुनिश्चित गर्न स्थानीय सरकार प्रतिवद्ध रहेको मेयर शाहीकोे भनाई थियो ।
सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिँह थापाले बालिका पनि बालक सरह समान अधिकार प्राप्त व्यक्ति भएकाले उनीहरुको संरक्षण, सम्मान र समावेशी विकास सुनिश्चित हुनुपर्नेमा जोड दिनुभयो ।
नेपालको संविधान २०७२ मा बाल अधिकारलाई मौलिक हकको रुपमा समेटिएको हुँदा बालबालिकालाई पालनपोषण, संरक्षण, उचित शिक्षा, स्वास्थ्य सेवा, अभिव्यक्ति स्वतन्त्रता, बालमैत्री न्याय तथा शोषणविरुद्धको अधिकार राज्यले सुनिश्चित गर्नुपर्ने थापाको भनाई थियो ।
अहिले पनि समाजमा बालबालिकाहरुले बालविवाह, बालश्रम, बालबालिकाको तस्कारी, दुव्र्यवहार तथा लैगिक विभेद जस्ता समस्याहरु भोगिरहेका छन्,’थापाले भन्नुभयोे, ‘हामी सबैले यस तर्फ ध्यान दिँदै यस्ता समस्या सबै मिलेर अन्त गर्नुपर्छ ।’
बालिका सम्मेलनमा गरिएका प्रतिवद्धता व्यवहारमा पनि लागु गर्नुपर्ने नगर बाल सञ्जालका अध्यक्ष रेश्मा विकले आग्रह गर्नुभयो । हामीले प्रतिबद्वता जनाएर मात्र हुँदैन,’उनी भन्छिन्, ‘प्रतिवद्वता जनाएपछि व्यवहारमा लागु गर्नुपर्छ । आशा छ हामी सबैले आ आफ्नो प्रतिवद्वता पूरा गर्ने छौँ ।’
उहाँले सरोकारवालाहरुलाई प्रश्न गर्दै आज हामीले जुन प्रतिवद्वतामा हस्ताक्षर गरेका छौँ, यदी त्यो लागु भएन भने त्यसको जवाफ बालबालिकालाई दिनुपर्छ,’उहाँले भन्नुभयो, ‘हामी मन्दिर बनाउछाँै, चौतारामा खर्च गछौँ, त्यसो नगरेर त्यो लगानी बालवालिकामा गराँै त्यसले अर्काेपुस्ताका लागि ब्याज सहित फिर्ता गर्नेछ ।’
जनगणना २०७८ अनुसार चामुण्डाबिन्द्रासैनी नगरपालिकाको कुल २६ हजार ५ सय ५९ जनसंख्या मध्ये ११ हजार ६ सय ८० बालवालिकाको जनसंख्या रहेको छ । त्यो मध्ये करिव ४९.८१ प्रतिशत बालिका रहेका छन ।
आर्थिक अवस्था कम्जोर, पारिवारिक विखण्डन, अपाङ्गता, हिंसा दुव्र्यवहारका कारण यस नगरपालिकामा करिव ८ सय ३५ जना बालबालिकाहरु जोखिममा छन् । करिव २१ प्रतिशत बालविवाह रहेको छ ।
कार्यक्रममा ९० जना बालिका, अभिभावक, नागरिक समाजका प्रतिनिधि र अन्य सरोकारवालाहरुको सहभागीता रहेको थियो । बालिका सम्मेलनबाट अभिभावक, सरोकारवाला, स्थानीय तह, बालक्लवले समाजमा हुने कुसंस्कार, रढीवादी सोच, प्रम्पराको अन्य गर्दै समृद्ध समाज निर्माण गर्ने सबैले प्रतिवद्वता जनाएका छन् ।
प्रतिक्रिया