सार्वजनिक वित्त व्यवस्थापन र आवधिक योजना निर्माणसम्बन्धी कार्यशाला

दैलेख – दैलेखको दुल्लुमा सार्वजनिक वित्त व्यवस्थापन र आवधिक योजना निर्माणसम्बन्धी अभिमुखिकरण कार्यशाला सम्पन्न भएको छ। कार्यक्रम दुल्लु नगरपालिकाको आयोजनामा, सेभ द चिल्डेनको सहयोग, सोसेक नेपाल दैलेखको समन्वय र सेवक नेपाल दैलेखको सहजीकरणमा सम्पन्न भएको हो ।
कार्यक्रममा राजस्व सुधार, लक्षित समुदायका लागि बजेट विनियोजन र नगर विकास रणनीतिसम्बन्धी विषयमा सरोकारवालासँग छलफल, अन्तरक्रिया र समूह क्रियाकलाप गरिएको थियो ।
दुल्लु नगर प्रमुख भरत प्रसाद रिजालले नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि र सामाजिक क्षेत्रमा लगातार काम गरिरहेको उल्लेख गर्दै अबदेखि ती कार्यहरू प्रणालीमा देखिने गरी अघि बढाइने प्रतिबद्धता जनाउनुभयो ।
सेवक नेपालका अध्यक्ष विद्या शाहीले कार्यशालाले आवधिक योजना निर्माणमा उल्लेखनीय सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । सोसेक नेपालका सिनियर सामाजिक परिचालक मानबहादुर थापाले कार्यशालाले आगामी वर्षको योजनामा मार्गदर्शन गर्ने बताउनुभयो ।
कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, कार्यपालिका सदस्य, शाखा प्रमुख, राजनीतिक दलका प्रतिनिधि, स्थानीय सरोकारवाला तथा नागरिकको उल्लेखनीय सहभागिता रहेको प्रमुख प्रशासकीय अधिकृत तिलक बिकले जानकारी दिनुभयो ।
प्रतिक्रिया