जुम्लामा जलवायु असरबारे ‘हिमाली संवाद’

जुम्ला । जुम्लामा जलवायु परिवर्तनले पारेको असर र प्रभावका विषयमा छलफल गर्न हिमाली संवाद सुरु भएको छ । नेपाल सरकारको २०८१ माघ ७ गतेको निर्णय अनुसार २०८२ जेठ २ देखि ४ गतेसम्म सगरमाथा संवाद कार्यक्रम आयोजना गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार हिमालका समस्यालाई केन्द्रित गर्न जुम्लामा हिमाली संवाद सुरु भएको हो । सरकारको उक्त निर्णयलाई स्वागत गर्दै सगरमाथा संवाद सचिवालयको समन्वयमा उच्च पर्वतीय क्षेत्रका पछाडि परेका तथा पारिएका वर्ग, विषेशगरी बालबालिका, युवा, महिला दलित, अपाङ्गता भएका व्यक्तिहरूको नेतृत्वमा समुदायमा जलवायु परिवर्तनले पारेको प्रभाव, त्यहाँका नागरिकको वास्तविक भोगाई, जलवायु सङ्कटलाई सामना गर्न गरिएका स्थानीय प्रयास तथा अभ्यासहरूलाई एकिन गर्न आयोजना गरिएको हिमाली संवाद वैशाख ९ र १० गतेसम्म चलेको थियो ।
हिमाली संवादमा बोल्दै कर्णाली प्रदेशका प्रदेशसभा सदस्य देवेन्द्रवहादुर शाहीले जलवायु परिवर्तनका नकारात्मक प्रभाव बढ्नुमा केही हिस्सामा आम नागरिकको पनि रहेको बताएका थिए । विकसित मुलुकको बढि प्रभाव भए पनि हाम्रो पनि केही भूमिका रहेकाले हामी सबैले जलवायु अनुकूलन हुनका लागि सहजीकरण गर्नु पर्ने छ,उनले भने । गैरसरकारी संस्थाले विद्यालयमा गरिने हरेक कार्यक्रममा अधिकारसँगै जलवायु परिवर्तनका असरबाट जोगिनका लागि पनि साझेदार गर्नुपर्ने बताए । अर्गानीक खाद्य बस्तुको प्रयोग गर्न जनचतेनाका कार्यक्रम गर्दै प्रयोग भएका बस्तुको सहि तरिकाले व्यवस्थापन गर्ने खालका कार्यक्रम गैससले ल्याउन सकेमा हिमाली क्षेत्रको जलवायुका नकारात्मक असरलाई कम गर्न सकिने उनको भनाई थियो । संवाद आयोजक समितिका प्रमुख कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र किर्डाक नेपालका कार्यकारी निर्देशक गोविन्द बहादुर शाहीले संवादले एकिन गरेका हिमाली क्षेत्रका समस्यालाई स्थानीय, प्रादेशिक, सङ्घीय र अन्तर्राष्ट्रिय स्तरमा उठान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जानकारी दिएका थिए ।
किर्डाक नेपालका अध्यक्ष सम्झना मल्ल शाहीको अध्यक्षतामा आयोजना गरिएको संवादमा जुम्ला जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य, चन्दनाथ नगरपालिका प्रमुख राजु कठायत, तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाई, कालीकोटको नरहरीनाथ गाउँपालिका अध्यक्ष नगिन्द्रबहादुर बिष्ट, तिलागुफा नगरपालिका उपप्रमुख महेन्द्रवहादुर शाही लगायतका स्थानीय तहका प्रमुखहरुको सहभागीता रहेको थियो । जलवायु परिवर्तनलाई बढवा दिने भूमिका नेपालको नभए पनि यसको प्रभाव भने सहनु परेको बताए । हिमाली संवादको सारांश सगरमाथा संवादमा राख्ने र त्यसको सारांश अन्तर्राष्ट्रिय सम्मेलनमा समेत बहसको विषय बनाएर नेपाल तथा हिमाली क्षेत्रका नागरिकले बेहोर्नु परेको समस्याका क्षतिपूर्ति माग गर्ने बताए । कार्यक्रममा कर्णाली प्रदेशका बालबालिका, युवा, तथा पछाडि परेका समुदायहरूको सहभागिता रहेको थियो । ।
निर्देशक शाहीले जलवायु परिवर्तनका कारण विशेष गरी हिमाली क्षेत्रमा देखिएको वातावरणीय असन्तुलन, हिउँ पग्लने दरमा वृद्धि, जैविक विविधता सङ्कट, तथा स्थानीय बासिन्दाको जीवनशैलीमा परेको प्रतिकूल असरलाई मध्यनजर गर्दै ‘हिमाली संवाद २०८२’ जुम्लामा आयोजना गरिएको बताए । उनले यस संवादको प्रमुख उद्देश्य बालबालिका र हिमाली समुदायको आवाज सगरमाथा संवादमा पुर्याउनु रहेको हो भने यहाँका नागरिकलाई जलवायु परिवर्तनका असरबारे चेतना फैलाउनु, स्थानीय अनुभव र समाधानका उपाय आदानप्रदान गर्नु, तथा दीर्घकालीन नीति निर्माणका लागि पैरवी प्रस्तुत गर्नु रहेको बताए । संवाद सहयोग निकाय सेभःद चिल्डेनका नेपाल र भुटानका राष्ट्रिय निर्देशक तारा क्षेत्रीले बढ्दो जलवायु परिवर्तनका नकारात्मक असरसँग जुध्नका लागि नेपालसहित विश्वका धेरै देशमा काम गर्दै आएको बताए । उनले नेपालको हिमाली क्षेत्रको समस्या समाधानमा आफ्नो पनि भूमिका जारी रहने बताए ।
कार्यक्रममा वातावरण विज्ञ, नीति निर्माता, हिमाली क्षेत्रका समुदाय प्रतिनिधि, पत्रकार, सामाजिक अभियन्ता तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी निकायका प्रतिनिधिहरूको सहभागिता रहने छ । हिमाली संवादको आयोजना कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र ९किर्डाक० नेपालले गरेको छ । संवादलाई सम्पन्न गर्न सहयोग गर्ने निकायहरु नेपाल सरकारका विभिन्न निकायहरू, सगरमाथा संवाद, सेभःद चिल्डेन, वर्ल्डभिजन, पलान नेपाल लगायत छन् । संवादमा सांसद तथा स्थानीय सरकारका प्रमुखहरुको सहभागीता रहेको छ ।
प्रतिक्रिया