चार जिल्लाका प्रहरी प्रमुख, सुर्खेतमा सुचना अधिकारी फेरिए

चार जिल्लाका प्रहरी प्रमुख, सुर्खेतमा सुचना अधिकारी फेरिए

सुर्खेत । कर्णाली प्रदेशका चार जिल्लाका प्रहरी प्रमुख फेरिए पनि सुर्खेतमा भने सुचना अधिकारी फेरिएका छन् । प्रहरी प्रधान कार्यालय काठमाडौंले एक सय २१ प्रहरी नायव उपरीक्षक (डीएसपी) हरुको सरुवा गर्दा कर्णालीका पाँच जिल्लाका डिएपी तथा जिल्ला प्रहरी कार्यालयका प्रमुख फेरिएका छन् ।
कर्णाली प्रदेश डोल्पा, जुम्ला, दैलेख, जाजरकोट प्रहरी प्रमुख र सुर्खेतका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी फेरिएका हुन् । प्रहरी प्रधान कार्यालय बुधबार उनीहरुलाई सरुवा गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख सुनिल दाहालको सरुवा भएको छ । उनको काठमाडौं उपत्यका प्रहरी कार्यालयमा दरबन्दी भएपनि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा काज सरुवा गरिएको हो । उनको ठाउँमा गणेशबहादुर बराल आएका छन् । जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी प्रमुख हरिकृष्ण केसीको सरुवा भएको छ । उनको ठाउँमा डा.हेमबहादुर केसी आएका छन् ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख रहेका निरन्जन भट्टराई पनि सरुवा भएको छ । उनी केन्द्रीय अनुसन्धान ब्युरोमा सरुवा भएका हुन् । उनको ठाउँमा पुरुषोत्तमप्रसाद पाण्डे आएका छन् ।जिल्ला प्रहरी कार्यालय सुर्खेतमा सूचना अधिकारी रहेका डिएसपी वीरन्द्रवीर विश्वकर्माको सरुवा भएको छ । उनी जिल्ला प्रहरी कार्यालय रोल्पामा सरुवा भएका हुन् । उनको ठाउँमा मोहनजंग बुढथापा आएका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका छेदीलाल कामतीको पनि सरुवा भएको छ । उनको ठाउँमा रबिजबाबु रेग्मी आएका छन् ।

प्रतिक्रिया