दैलेखमा भव्यताका साथ मनाइयो १९औं लोकतन्त्र दिवस

दैलेख - देशभर आज १९औं लोकतन्त्र दिवस विविध कार्यक्रम गरी मनाइएको छ । यसै अवसरमा दैलेखमा पनि विविध कार्यक्रमका साथ लोकतन्त्र दिवस मनाइएको छ । विसं २०६४ देखि हरेक वर्ष वैशाख ११ गते लोकतन्त्र दिवस मनाइँदै आएको हो ।
दैलेखमा लोकतन्त्र दिवसको कार्यक्रम गणेश चोकबाट शुरु भएको ¥यालीसहित सुरु भई टुडिखेलस्थित लोकतान्त्रिक चोकमा पुगेर कोण सभामा परिणत भएको थियो । ¥यालीमा विभिन्न नारा, प्लेकार्ड तथा राष्ट्रिय झण्डाका साथ सहभागिहरूले लोकतन्त्रको सन्देश फैलाएका थिए ।
कोण सभामा राजनीतिक दल, गैरसरकारी संस्था महासंघ (गैसस), सोसेक नेपाल, महिला सशक्तिकरण मञ्च, पत्रकार महासंघ, नेपाल प्रहरी, सशस्त्र प्रहरी, समाजसेवी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रमको अध्यक्षता गैसस महासंघ दैलेखकी अध्यक्ष डिल कुमारी चन्दले गर्नुभएको थियो । उहाँले लोकतन्त्रको उपलब्धिका रूपमा महिलाको सहभागिता उल्लेखनीय रुपमा बढेको बताउनुभयो। 'संघीयता आएको यता स्थानीय तहमा महिलाको अनिवार्य सहभागिता सुनिश्चित भएको छ,' उहाँले भन्नुभयो, 'तर लोकतन्त्रसँगै भ्रष्टाचार, आर्थिक मन्दी र गरिबी पनि बढेको देखिन्छ, जुन चिन्ताको विषय हो ।'
अध्यक्ष चन्दले युवाहरू रोजगारीको खोजीमा विदेशिन बाध्य भएको वर्तमान अवस्थाप्रति दुःख व्यक्त गर्दै सशक्त र उत्तरदायी लोकतन्त्रको खाँचो औँल्याउनुभयो।
कार्यक्रमको समापन साँझ ७ बजे लोकतान्त्रिक चोकमा दीप प्रज्वलन गरेर गरिएको थियो। दीप प्रज्वलनमार्फत लोकतन्त्रको सम्मान र प्रतिबद्धताको सन्देश प्रवाह गरिएको आयोजकहरूले जनाएका छन्।
प्रतिक्रिया