फुलबारी महिला समूह पुनर्गठन, बचत र हिंसा न्यूनीकरणबारे अन्तक्रिया

फुलबारी महिला समूह पुनर्गठन, बचत र हिंसा न्यूनीकरणबारे अन्तक्रिया

कालिकोट   –   कालिकोटको खाडाचक्र नगरपालिका–५ मा सक्रिय फुलबारी महिला समूहलाई पुनःगठन गर्दै आर्थिक सशक्तिकरण, लैंगिक हिंसा न्यूनीकरण तथा बाल अधिकारबारे अन्तक्रिया गरिएको छ ।

एइआइएन लक्जेमबर्गको साझेदारी, सोसेक नेपालद्वारा सञ्चालित 'आधार परियोजना' अन्तर्गत आयोजना गरिएको हो।  परियोजनाको समन्वयमा आयोजित कार्यक्रममा महिलाहरूको उल्लेखनीय सहभागीता  रहेको थियो ।

३८ जना सहभागीहरू सहभागी उक्त कार्यक्रममा समूह गठनको उद्देश्य, नियमित बचतका फाइदा, आन्तरिक ऋण प्रणालीको व्यवस्थापन, आर्थिक आत्मनिर्भरता तथा महिलाहरूबीच आपसी सहयोगको संस्कृति विकास गर्ने विषयमा जानकारी दिइएको आधार परियोजना कालिकोटले जनाएको छ ।

 सहभागी महिलाहरूलाई घरेलु हिंसा के हो, यसको असर, पीडितले पाउन सक्ने कानुनी अधिकारहरू, उजुरी दिने प्रक्रिया लगायतका विषयमा समेत जानकारी दिइएको बताइएको छ ।

यसका साथै, बाल संरक्षण र हेल्पलाइन ‘१०९८’ को प्रयोगबारे समेत जानकारी र बालअधिकार उल्लंघन भएका अवस्थामा कसरी सहायता लिन सकिन्छ भन्ने विषयमा सहभागीहरूलाई सचेत गराइएको थियो । 

अन्तक्रिया कार्यक्रममा सहभागीहरूले समूहलाई अझ क्रियाशील बनाउने, बचत तथा आन्तरिक ऋण कार्यक्रमलाई व्यवस्थित ढंगले सञ्चालन गर्ने, तथा घरेलु हिंसा तथा बाल अधिकारको विषयमा  जनचेतना फैलाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया