बचत गरे बाख्रापालनमा लगानी गर्दै वाणगंगा युवा क्लब

दैलेख – दैलेखको भैरवी गाउँपालिका–३ मा गठित वाणगंगा युवा क्लबको नियमित बैठक सम्पन्न भएको छ । बैठकमा क्लबको बचत संकलन, आय आर्जन कार्यक्रम, लगानी व्यवस्थापन तथा सामाजिक मुद्दाहरूमा छलफल गरिएको थियो ।
बैठकमा क्लबको आन्तरिक बचत तथा ऋण कार्यक्रमअन्तर्गत डिल्लीसरा आचार्यबाट रु १५ हजार साँवा र रु नौसय व्याज गरी कुल रु १५ हजार नौ सय असुली गरिएको बताइएको छ । संकलित रकम माया खत्रीलाई बाख्रा पालन व्यवसायका लागि पुनः लगानी गरिएको छ। यस लगानीले आर्थिक आत्मनिर्भरता र सदस्यहरूको आय वृद्धि हुने अपेक्षा गरिएको छ।
बैठकमा मर्यादित महिनावारी, बालविवाह, लैंगिक समानता, स्वच्छता र युवाको भूमिका जस्ता विषयमा पनि छलफल गरिएको आधार परियोजनाले जनाएको छ । सहभागीहरूले स्थानीयस्तरमा सचेतना फैलाउने, बालअधिकार र लैंगिक न्याय सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
वाणगंगा युवा क्लबले समुदायमा युवाहरूको सक्रियता बढाउने, स्वरोजगारका अवसरहरू सिर्जना गर्ने र सामाजिक रूपान्तरणमा टेवा पुर्याउने उद्देश्यका साथ विविध गतिविधि सञ्चालन गर्दै आएको छ।
प्रतिक्रिया