सार्वजनिक वित्त व्यवस्थापन तथा आवधिक योजना निर्माण सम्वन्धि कार्याशाला दुल्लुमा

सार्वजनिक वित्त व्यवस्थापन तथा आवधिक योजना निर्माण सम्वन्धि कार्याशाला दुल्लुमा

दैलेख । दुल्लूनगरपालिकामा सार्वजनिक वित्त व्यवस्थापन तथा आवधिक योजना निर्माण सम्बन्धि अभिमुखीकरण कार्याशाला सम्पन्न भएको छ । राजस्व क्षेत्रमा सुधार,लक्षित समुदायमा रकम विनियोजनमा गरिएका प्रयास तथा आगामी दिनमा दुल्लु नगरपालिकाको नगर विकासमा तयार गरिने रणनितीका वारेमा सरोकारवाला निकाय र स्थानीयहरु विच अभिमुखिकरण कार्याशाला कार्यक्रम गरिएको हो । 
उक्त कार्यक्रममा वोल्दै दुल्लु नगरपालिकाका नगरप्रमुख  भरत प्रसाद रिजालले भने,नगरपालिकावाट आर्थिक सामाजिक,शैक्षिक जनताको स्वास्थ्य र कृषि क्षेत्रको  विकासमा निरन्तर अगाडी वढिरहेको छ ।  लक्षितवर्ग समुदायको हकमा व्यवसाय मुलक आयआर्जनका काम सिप, र विकास पुर्वाधारका कामहरु गर्दै आएको भएपनि गरिएका कामहरु सिस्टममा नदेखिएकाले काम नगरे जस्तो भयो ।  आगामी दिनमा सिस्टममा देखिने गरि काम गर्छौ,उनले भने ।   
यसैगरिे योजना तर्जुमा गर्नु भन्दा पहिला यो कार्यक्रम सञ्चालन गरिएकाले  अभिमुखिकरण कार्याशाला मार्फत आवधिक योजना निर्माणमा ठुलो सहयोग  पुग्ने सेवक नेपाल दैलेखका अध्यक्ष विद्या शाहीले बताईन । 
 विभिन्न जनसरोकारका विषयमा सरोकारवाला निकायहरुसंग  छलफल,अन्तरक्रिया र समुह क्रियाकलाप गरिएकाले अभिमुखिकरण कार्याशाला आगामी वर्षको योजनामा पुर्ण सहयोगी हुने सोसेक नेपाल दैलेखका सिनियर सामाजिक परिचालक मानवहादुर थापाले जानकारी दिए । 
सोसेक नेपाल दैलेखको समन्वय,सेवक नेपाल दैलेखको सहजिकरण सेभ द चिल्डेनको सहयोग  दुल्लु नगरपालिकाको आयोजनामा सार्वजनिक वित्त व्यवस्थापन तथा आवधिक योजना निर्माण सम्वन्धि अभिमुखिकरण कार्याशाला गरिएको थियो । 


 

प्रतिक्रिया