हिमाली संवादमा जलवायु न्यूनीकरणका लागि १३ बुँदे घोषणापत्र जारी

हिमाली संवादमा जलवायु न्यूनीकरणका लागि  १३ बुँदे घोषणापत्र जारी

जुम्ला । जुम्लामा आयोजित हिमाली संवादमा जलवायु परिवर्तनलेन्युनिकरणका लागि १३ बुँदे घोषणापत्र जारी  गरिएको छ । हिमाली समुदायमा परेको असरलाई न्यूनीकरण गर्नका लागि  १३ बुँदे घोषणापत्र जारी साझा प्रतिवद्धता जारी गरिएको हो । 
 जलवायु परिवर्तनले हिमाली समुदायमा पारेको प्रभाव, अनुकूलनका लागि भएका अभ्यास र तीनै  तहका सरकारले गर्नुपर्ने साझा प्रयास लगायतका सवाललाई प्राथमिकता दिइएको किर्डाक नेपालका अध्यक्ष सम्झना मल्लले बताइन् । जलवायु परिवर्तनले पारेको असर कम गर्नका लागि वृक्षरोपण गर्ने, रासायनिक मलको सट्टा अर्गानिक मल प्रयोग गर्ने र सिँचाइ नहुने जमिनमा लिफ्टमार्फत सिँचाइको व्यवस्था गरिने विषयमा संवादमा छलफल भएको मल्लले जानकारी दिईन ।
 त्यसैगरि जलवायु परिवर्तनको असरले हिमाली समुदाय बढी प्रभावित भएकाले कर्णाली सरकारले विशेष नीति र बजेटसहित कार्यक्रम ल्याउन ध्यानाकर्षण गरिएको किर्डाक नेपालका कार्यकारी निर्देशक गोविन्दबहादुर शाहीले बताए । सोही संवादबाट १३ बुँदे घोषणापत्र जारी गरिएको थियो । हिमाली क्षेत्रका बालबालिका र समुदायमा जलवायु परिवर्तनले पारेको असरलाई सम्बोधन गर्न सगरमाथा संवादमा यस विषय उठाइने शाहीले बताए । त्यस्तै जलवायुसम्बन्धी शिक्षा र सचेतनालाई सबै समुदायमा सञ्चालन गर्न माग गारिएको छ । जलवायु परिवर्तन, अनुकूलन र न्यूनीकरणकेन्द्रित विषय विद्यालय पाठ्यक्रम र शिक्षक तालिममा समावेश गर्नुपर्ने, जलवायु सङ्कट समाधानका लागि बालबालिका विशेष गरी अपाङ्गता भएका, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका मागलाई प्राथमिकताका साथ छलफल, संवाद र समाधानका उपायको खोजी गरिनुपर्ने उनको भनाई छ ।

सगरमाथा संवादमा बालबालिकाका आफ्ना भोगाइ, अनुभव र आवाज उठाउन विशेष सत्रको व्यवस्था गर्नुपर्ने, बालबालिका, किशोरकिशोरी, युवा र प्रभावित समुदायलाई जलवायुसम्बन्धी नीति, अनुकूलन योजना, कार्यक्रम निर्माण र कार्यान्वयनमा अनिवार्य तथा अर्थपूर्ण सहभागिता गर्नुपर्ने कुरा घोषणापत्रमा उल्लेख छ । वैशाख ९ र १० मा भएको हिमाली संवादमा विभिन्न पाँच वटा प्राविधिक सत्रमा छलफल भएको थियो । छलफलमा जलवायु अनुकूलनका लागि भएका प्रयास अपर्याप्त भएकाले अब तिनै तहका सरकारले विशेष प्रथामिकता दिएर अनुकूलनका काम गर्नुपर्नेमा सहभागीले जोड दिएका थिए।

प्रतिक्रिया