महाबु गाउँपालिका–२ मा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण

महाबु गाउँपालिका–२ मा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण

दैलख । दैलेखको महाबु गाउँपालिका–२ को वडा कार्यालयले वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।
पालिकासम्म आउन नसक्ने वृद्धवृद्धा तथा अशक्त नागरिकले सजिलो होस भन्नका लागि  वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो । घुम्ती शिविरमार्फत सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको महाबु गाउँपालिकाका–२ का वडाध्यक्ष प्रकाशराज थापाले जानकारी दिए ।

वडाबाट सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेसँगै अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकलाई बैङ्कमा घण्टौँ लाइन बसेर सामाजिक सुरक्षा भत्ता लिनुपर्ने बाध्यता हटेको उनले बताए । उनले आइतबार र सोमबार वडाका झन्डै ३९८ जना लाभग्राहीलाई वडा कार्यालयबाटै भत्ता प्रदान गर्न गरिएको जानकारी दिए ।

प्रतिक्रिया