अपाङ्गता भएका बालबालिकालाई शिक्षा पहुँच सुनिश्चित गर्न आग्रह

जाजरकोट - जाजरकोट जिल्लामा अपाङ्गता भएका व्यक्तिलाई सिक्ने अवसरबाट वञ्चित नगर्न अभिभावकलाई सरोकारवालाले सुझाव दिएका छन् ।
छेडागाड नगरपालिकामा अपाङगता भएका व्यक्तिका अभिभावकसँगको छलफलमा यस्तो सुझाव दिएको हो । छेडागाड नमुना युवा विकास केन्द्रले आयोजनामा अपाङ्गता भएका बालबालिकाप्रति समान धारण बनाउन सरोकारवाला निकाय र अभिभावकसँग छलफल गरिएको छ । आमाबुवा तथा अभिभावकका कारण अपाङ्गता भएका बालबालिका पछि परेकाले सोच परिवर्तन गरी सिक्ने अवसर प्रदान गर्न सुझाव दिएको छ ।
छेडागाड नमुना युवा विकास केन्द्रका अध्यक्ष दीपक खत्रीले स्थानीय सरकार, दातृ निकाय, सरोकारवालासँगको सहयोगमा अपाङ्गता भएका व्यक्तिलाई समावेशिता, समान सहभागिता, आत्मीयता बढाउने कार्यक्रम ल्याउन आग्रह गरे ।
प्रतिक्रिया