आमा

आमा हिमालयजंग शाह,दैलेख

आमा सृष्टि चलाउने भुवनको, आमा धर्तिकी हुन,जग
आमा जीवन हुन् समस्त युगकी, आमा हुँदा जग्मग
आमा एक  मुहान  जीवन दिने  आमा सबैकी भर
आमाको महिमा ठुलो छ, जहिल्यै आमा हुँदा सुन्दर       
                           
आमा उच्च हिमालको, हिउँ सरी पग्लेर दिन्छिन् जल
आमा दुग्ध पिलाउँदै, शिशु जगत् लाई भरोषाकी बल
आमा गौण हुँदैहुँदैन, बुझ यो आमा सधैँ निर्मल
आमा हुन् अनमोल, आदर गरौँ आमा सधैँ मङ्गल
                            
आमाको छ पवित्र काख, शिशुहरू खेल्छन्  खुशी ले सधैँ
आमाको ममता भएर चिचिला, हुर्के बढेका  हदै
आमा हुन्न भने न सृष्टि रहने आमा इमानी हुन
आमा छैन भने उजाड, घर यो आमा सधैँ कञ्चन
                            
आमा हुन् तनुजा र फेरि जननी बन्छिन् बुहारी पनि 
आमा हार्नु हुँदैहुँदैन कहिल्यै, हाम्रो बदल्ने जुनी
आमा धैर्य र शान्त सागर सरी,मायाँ सबैमा दिने 
आमा मर्न तयार सन्तति भनी आमा छहारी दिने।
                           
आमा छेउ बसौं त शीतल हुने ती घाउमा चोटमा
आमा सङ्गम हुन् दुबै बगरकी फुस्रो हुँदा ओठमा 
आमासाथ रहे सबै अभय छन् झल्को दिने चन्द्रमा
आमा तागतमा दिवाकर सरी हुन् ओजिलो पूर्णिमा

प्रतिक्रिया