मंगलबारदेखि विधार्थी भर्ना प्रक्रिया सुरु गर्न दुल्लु नगरपालिकाको निर्देशन

दैलेख – दैलेखको दुल्लु नगरपालिकाका नगरप्रमुख भरतप्रसाद रिजालले मंगलबारदेखि विद्यालयहरूमा विधार्थी भर्ना प्रक्रिया सुरु गर्न निर्देशन दिनुभएको छ ।
आइतवार (आज) एक विज्ञप्ति जारी गर्दै नगरभित्रका सबै सामुदायिक विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघहरूलाई विधार्थी भर्नाको वातावरण तयार गर्न आग्रह गरिएको छ ।
नयाँ शैक्षिक सत्र सुरु हुने समय सकिन लाग्दा समेत काठमाडौंमा जारी शिक्षक महासंघको आन्दोलनका कारण विधालयहरूको भर्ना प्रक्रिया प्रभावित भएको अवस्थामा नगरपालिकाले यस्तो निर्देशन दिएको हो ।
नगरप्रमुख रिजालले विज्ञप्तिमा शिक्षकहरूको आन्दोलनको स्वरूप परिमार्जन गरी विधार्थी भर्ना, पाठ्यपुस्तक वितरण र सिकाइ क्रियाकलाप सुचारु गर्न ध्यानाकर्षण गराउनुभएको छ ।
साथै, संविधानतः शिक्षकका उचित मागहरू सम्बोधन गर्न नेपाल सरकारलाई पनि तत्काल पहल गर्न नगरप्रमुख रिजालले अनुरोध गर्नुभएको छ ।
प्रतिक्रिया