नौमुलेमा निशुल्क कान स्वास्थ्य शिविर सञ्चालन

नौमुलेमा निशुल्क कान स्वास्थ्य शिविर सञ्चालन

जीवन आचार्य
  दैलेख । नौमुले गाउँपालिका दैलेखमा निशुल्क कान शिविर सञ्चालन भएको छ । ब्रिनोज कान स्याहार केन्द्र फुलटेक्रा नेपालगञ्जको आयोजना तथा नौमुले गाउँपालिका दैलेखको समन्वयमा निशुःल्क कान शिविर सञ्चालन भएको हो । बैशाख १५ गते सोमबार सञ्चालन भएको शिविर बुधबार सम्म सञ्चालन हुने भएको छ । 

शिविर  नौमुले गाउँपालिकाको ३ ठाउँमा सञ्चालन हुने छ । जस अनुसार बैशाख १५ गते द्धारी स्वास्थ्य चौकी, १६ गते आधारभुत स्वास्थ्य सेवा केन्द्र पैति र १७ गते प्राथमिक स्वास्थ्य सेवा केन्द्र,नौमुलेमा सञ्चालन हुने छ । उक्त शिविरमा कानको समस्या भएका बिरामिहरुले चेक जाँच र उपचार पाउने भएका छन ।  निशुल्क कान शिविरको अवसरमा सोमबार द्धारी स्वास्थ्य चौकीमा ४० जना विरामीले चेकजाँच गराएका छन् । 

दुर्गम बस्तिमा रहेका कान सम्बन्धी उपचार पाउन नसकेका विरामीहरु लाई निशुल्क परीक्षण तथा उपचार सहजहुने र अप्रेसन गर्नुपर्ने बिरामीहरुलाई नेपालगञ्जमा अप्रेसन हुने नौमुले गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भुपेन्द्र शाहीले बताउनु भयो । गाउँमै दक्ष चिकित्सकबाट कानको उपचार पाउँदा यहाँका स्थानीयवासी खुसी भएका छन ।

 

प्रतिक्रिया