घरबाटै अनलाईन मार्फत विद्यार्थी भर्ना अभियान शुरु

जीवन आर्चाय
दैलेख । दैलेखको दुल्लु नगरपालिकाका नगरप्रमुख भरतप्रसाद रिजालले मंगलबार देखि विद्यालयहरूमा विद्यार्थी भर्ना प्रक्रिया सुरु गर्न निर्देशन दिनुभएको छ ।
गएको आइतवार एक विज्ञप्ति जारी गर्दै नगरभित्रका सबै सामुदायिक विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघहरूलाई विद्यार्थी भर्नाको वातावरण तयार गर्न आग्रह गर्नु भएको थियो । पुनः सोमबार दुल्लु नगरपालिका शिक्षा शाखा प्रमुख वरिष्ठ शिक्षा अधिकृत बिकाशजंग शाहीले अर्को विज्ञप्ती जारी गर्दै मंगलबार देखि शिक्षक महांसघ राष्ट्रिय समितिको आब्हानमा सामुदायिक विद्यालयका शिक्षक,कर्मचारीहरु काठमाण्डौ केन्द्रित आन्दोलनमा सहभागि भई विद्यालय सञ्चालन नहुँदा विद्यार्थी भर्ना लगायत महत्वपुर्ण कार्यहरु हुन सकिरहेका छैनन ।
यस सम्बन्धमा विद्यालयमा नियमित सिकाई क्रियाकलाममा सहभागी हुन पाउने बालवालिकाहरुको हकलाई मध्यनजर गर्दै सोसेक नेपाल अन्तरगत हातेमालो परियोजना दैलेखको आर्थिक सहयोग तथा रिभरेन्ट कम्प्यूटर इन्स्टिच्यूट दुल्लु दैलेखको प्राविधिक सहयोगमा तयार गरिएको अनलाईन विद्यार्थी भर्ना प्रणाली मार्फत अभिभावक ज्यूहरुले घरबाटै दुल्लु नगरपालिका भित्र सञ्चालित सामुदायिक विद्यालयहरुमा विद्यार्थी भर्ना गर्न सकिने ब्यहोरा सोमबारको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
उता नेपाल शिक्षक महासङघले विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै काठमाण्डौमा भइरहेको शिक्षक आन्दोलन लाई अझै सशक्त बनाउने घोषणा गरि रहेको छ । महासङघले आन्दोलनलाई अन्तिम र निर्णायक चरणमा पु¥याउन भन्दै महासङघले प्रवेश परीक्षा, विद्यार्थी भर्ना,नतिजा प्रकाशन जस्ता कुनै पनि शैक्षिक गतिविधिमा सहभागी नहुने बताएको छ । महासङघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सरकारले तत्काल शिक्षा ऐन ल्याएर मात्र विद्यालय शिक्षाको गुणस्तर सुधारतर्फ कदम चाल्नुपर्ने माग राख्दै एकमहिना देखि शिक्षक आन्दोलित छन् ।
प्रतिक्रिया