राउटे मुखिया सुर्यनाराणको मृत्यु

राउटे मुखिया सुर्यनाराणको मृत्यु

जीबन आचार्य 
  दैलेख । जंगलमा फिरन्ते जीवन विताउँदै आएका राउटेका मुखिया  सुर्यनारायण शाहीको मृत्यु भएको छ । शाहीको सोमबार राति ९ बजे ४९ वर्षको उमेरमा मृत्यु भएको हो ।
शाहीको राउटे परम्परा अनुसार मंगलबार दाहसंस्कार गरिएको राउटे समुदायमा काम गर्न सोसेक नेपालका कर्मचारी लालबहादुर खत्रीले  बताए । मुुखिया शाहीका श्रीमती लक्ष्मी प्रसाद शाही ,छोरा बन्दबिर शाही र छोरीहरु पेलेन शाही,जापानी शाही र महेन्द्रा शाही रहेका छन । 
१ सय ३६ जनाको जनसंख्या रहेको यो समुदायमा मुखियाको मृत्यु भएसँगै राउटे समुदायमा पुरुष ६० र महिला ७५ जना जनसंख्या १३५ मा झरेको छ । फिरन्ते जीवनयापन गर्दै आएका उनीहरूको हाल २ ठाउँमा बस्दै आएका थिए । यो समुदाय बिरेन्द्रनगर नगरपालिका वडा नं.१३ को करेखोला र बराहाताल गाउँपालिका वडा नं.८ को सोतखोलामा जंगलमा बस्दै आएका छन् । 
 

प्रतिक्रिया