दैलेख सहित तीन जिल्लाका सिडिओको सरुवा, दैलेखमा गैह्रे

दैलेख सहित तीन जिल्लाका सिडिओको सरुवा, दैलेखमा गैह्रे

काठमाडौँ  –  गृह मन्त्रालयले आइतबार एकैपटक तीन प्रमुख जिल्ला अधिकारी (प्रजिअ) र चार जना सहसचिवहरूको सरुवा गरेको छ ।

 तनहुँका प्रमुख जिल्ला अधिकारी तथा सहसचिव श्यामकृष्ण थापालाई रामेछाप जिल्ला प्रशासन कार्यालयमा सरुवा गरिएको छ। त्यस्तै, रामेछापका प्रजिअ उपसचिव राजु प्रसाद पौडेल र दैलेखका प्रमुख जिल्ला अधिकारी नवराज जैसीलाई गृह मन्त्रालयमा फिर्ता बोलाइएको छ।

यसरी रिक्त बनेका पदमा मन्त्रालयले नयाँ नियुक्ति पनि गरेको छ। सहसचिव रामकृष्ण अधिकारीलाई तनहुँको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ। त्यसैगरी, सहसचिव बद्रीनाथ गैह्रेलाई दैलेख जिल्ला प्रशासन कार्यालयको प्रमुखको रूपमा खटाइएको छ।

प्रतिक्रिया