वीरेन्द्रनगरमा सञ्चालनमा आयो ‘सुमो क्याफे’

सुर्खेत – सुर्खेतको वीरेन्द्रनगरमा ‘सुमो क्याफे’ सञ्चालनमा आएको छ । वीरेन्द्रनगरस्थित खेलकुद चोकमा नयाँ र आकर्षक ‘सुमो क्याफे’ सञ्चालनमा आएको हो ।
होटल म्यानेजमेन्ट विषयमा छिमेकी मुलुक चीनबाट अध्ययन गरेर फर्किएका युवा उद्यमी प्रशान्त विकले सुमो क्याफे पारिवारिक वातावरणमा विश्राम र स्वादको अनुभव दिने उद्देश्यले सञ्चालनमा ल्याएको जानकारी दिनुभयो ।
“यहाँ स्वच्छ वातावरणमा बसेर आरामसँग हुका, कफी लगायत पेय पदार्थ र सुलभ मूल्यमा विभिन्न परिकार खान पाइन्छ,” विकले भन्नुभयो । उहाँले क्याफेको स्थान शान्त र सहज भएकाले पारिवारिक जमघटका लागि उपयुक्त रहेको उल्लेख गर्दै ग्राहकको मागअनुसार सेवा प्रवाह गरिने जनाउनुभयो ।
सुमो क्याफेमा स्वाद, सेवा र सस्तो मूल्यलाई विशेष प्राथमिकता दिइएको बताउँदै प्रशान्तले क्याफे स्थानीयहरूका लागि नयाँ गन्तव्य बन्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रतिक्रिया