रेशम चौधरीलाई पक्राउ गरी डिल्लीबजार कारागार लगियो

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी प्रज्ञा भवन परिसरबाट पक्राउ परेका छन् । पार्टी एकता कार्यक्रममा सहभागी हुन काठमाडौंस्थित प्रज्ञा भवन पुगेका चौधरीलाई पक्राउ गरिएको हो । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच आज प्रज्ञा भवनमा एकता कार्यक्रम राखिएको थियो ।
एकता कार्यक्रमअघि नै रेशमलाई पक्राउ गरिएको छ। उनलाई सादा पोसाकका प्रहरीहरूले पक्राउ गरेर डिल्लीबजार कारागार लगेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले फैसला कार्यान्वयनका लागि चौधरीलाई पक्राउ गरिएको जानकारी दिए । ‘पहिलेको मुद्दामा कैद भुक्तान हुन बाँकी रहेको थियो र सर्वोच्च अदालतको आदेश अनुसार चौधरीलाई पक्राउ गरेका हौँ, उनले भने ।
गत बिहीबार मात्र जनमत पार्टीका अध्यक्ष सीके राउतले एकता प्रक्रियालाई प्रभावित पार्न आफूलाई ज्यान मार्ने र रेशमजीलाई पुनः पक्राउ गराइदिने धम्की आएको दाबी गरेका थिए ।
प्रतिक्रिया