श्रमिक हुँ म !

श्रमिक हुँ म !

 - प्रतिक्षा शाही ठकुरी

श्रम गर्छु म,
मेरो जाहाँन पाल्नलाई ।
भाग्य यस्तै रहेछ,
दुख–सुख चाडपर्व टाल्नलाई ।

श्रमिक हुँ म, गर्व छ मलाई,
बाँच्ने हिम्मत यही हातमा छ मलाई ।
बिर्सेको छैन, बाँचेको छु भरोसमा,
म त अडिएको छु आफ्नै पसिनाको जोसमा ।

एक दिन म पनि आकाश छुनेछु,
आज नहोला, भोलि त अवश्य हुनेछु ।
श्रमिक हुँ म- आँखाभरि सपना छन्,
सपना होइन, ती साँचो कथा बन्ने छन् ।

म धर्ती छु, बीउमा जीवन फेर्ने,
म पानी हुँ, मरुभूमिमा हरियाली छर्ने ।
म इँटा हुँ, घरको सपना बोक्ने,
म पुल हुँ, दूरीहरू छोट्याउने, टाढालाई नजिक ल्याउने ।

श्रम छैन भने संसार शून्य हुन्छ,
श्रमिक छैन भने विकास बन्धक बन्छ ।
श्रमलाई सम्मान गरौं, म श्रमिक हुँ – सलाम गरौं,
मेरो पसिनामा देशको भविष्य देखौं, गर्व गरौं !

थप कविता पढ्न यहाँ दिएको लिंकमा क्लिक गर्नुहोस ।

मेरि राजकुमारी 

पर्खाइको रस 

 

 

प्रतिक्रिया