कालिकोटमा असिनाले अन्न र फलफूलमा क्षति

कालिकोटमा असिनाले अन्न र फलफूलमा क्षति

     कालिकोट । कालिकोटमा बिहीबार बेलुकी परेको असिनाले यहाँको महाबै गाउँपालिका र तिलागुफा नगरपालिकासहित आसपासका क्षेत्रमा पाकेको अन्नबाली र फुलेर फल लाग्न सुरु भएको स्याउ, ओखर, नास्पातीमा ठूलो क्षति पुर्‍याएको छ ।

पाकेर काट्न लागेको जौ, गहुलगायतको अन्न र स्याउ, ओखर, नास्पाती लगायतका फलफूलमा क्षति पुर्‍याएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । असिना त अन्य क्षेत्रमा पनि परेको छ, कृषि विकास अधिकृत चन्द्रबहादुर शाहीले भन्नुभयो, अन्यत्र बाली भित्र्याइसकेकाले क्षति भएन । महाबै र तिलागुफा जाडो ठाउँ भएकाले ढिलो पाकेको बाली ५० प्रतिशत क्षति पुगेको प्रारम्भिक अनुमान छ । महाबैको डिल्लीकोट, नकु विष्टबाडा, कतम्पुर लगायतका ठाउँमा पाकेको जौ, गहुँ र फलफूल पूरै असिनाले सखाप पारेको गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले जानकारी दिनुभयो । 

तिलागुफा नगरपालिकाका वडा नं ९,१० र ११ का सबै बस्तीमा असिनाले पाकेको अन्नबाली र
 भर्खर फुलेर फल लागेका स्याउ, ओखर, नास्पाती लगायतमा ६० प्रतिशत क्षति पुगेको नगर उपप्रमुख महेन्द्रबहादुर शाहीले बताउनुभयो । उनका अनुसार नगरका अन्य वडामा असिना परे पनि आंशिक क्षति मात्र भएको छ ।

प्रतिक्रिया