चट्टयाङ लागेर दैलेखमा ३१ बर्षिय एक युवाको मृत्यु

दैलेख । दैलेखमा चट्टयाङ लागेर एक जनाको मृत्यू भएको छ । नौमूले गाउँपालिका–८ चौराठा लामपाटाका ३१ बर्षिय दशरथ शाहीको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारले जानकारी दिनुभयो ।
शनिवार दिउसो ३ बजे घरमै परेको चट्टयाङले घाइते भएका एकै परिवारका चार जनालाई उपचारका लागि दैलेख अस्पताल ल्याउदै गर्दा मृत्यू भएको प्रहरीले जनाएको छ । एक्कासी चट्टयाङमा परी घरमा बसेको अवस्थामा दःखद निधन भएको नौमुले गाउँपालिका वडा नं.८ का वडा अध्यक्ष दिपक हमालले बताउँनु भयो । चट्टयाङले घाइते भएकी दशरथकी श्रीमति २७ वर्षिया विपना शाही, ११ वर्षकी छोरी र ३ वर्षको छोराको दैलेख अस्पतालमा उपचारपछि फर्किसकेका छन । मृतकको शव अहिले दैलेख अस्पतालमा पोष्ट म्याटमको लागि राखिएको छ ।
प्रतिक्रिया