जुम्लाको तातोपानी गाउँपालिकामा सांस्कृतिक महोत्सव हुँदै

जुम्ला – जुम्लाको तातोपानी गाउँपालिकाले स्थानीय परम्परा र संस्कृतिको संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले वैशाख २२ गते सांस्कृतिक महोत्सव आयोजना गर्ने भएको छ ।
गाउँपालिकाको आयोजनामा, चलचित्र विकास बोर्डको समन्वय र कर्णाली उत्थानशील अभियान नेपालको सहजीकरणमा हुन लागेको महोत्सवमा केवल स्थानीय कला र संस्कृतिलाई प्राथमिकता दिइने आयोजकले जनाएका छन् ।
तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईंका अनुसार महोत्सवमा हुड्के नाच, पञ्चेबाजा, मागल, ढाल नाच लगायत कर्णाली क्षेत्रका मौलिक सांस्कृतिक प्रस्तुतिहरू समावेश गरिनेछ। उहाँले भन्नुभयो, 'हाम्रो धरोहरलाई नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले नितान्त मौलिक प्रस्तुतिमा आधारित महोत्सवको आयोजना गर्न लागिएको हो ।'
महोत्सवमा प्रमुख आकर्षणको रूपमा चर्चित कलाकारहरू- अभिनेता प्रदिप खड्का, अभिनेत्री दीपाश्री निरौला, तथा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी लगायत अन्य कलाकारहरूको सहभागिता रहनेछ।
प्रतिक्रिया