जागीर छोडेर कृषि पेशामा रमाउँदै,निर्मला

जागीर छोडेर कृषि पेशामा रमाउँदै,निर्मला निर्मला कुमारी सुवेदीले लगाएको तरकारी खेती ।

 दैलेख । साविकको द्धारी गाविसकी ३९ बर्षिया निर्मला कुमारी सुवेदी जागीर छोडेर कृषि पेशामा रमाउन थालेकी छन् । २०६५ सालका कृषि जेटिए पास गरेकी सुवेदी २०७४ सालमा विभिन्न संघ संस्थामा जागीर छोडेर कृषि पेशामा लागेकी हुन् । 
 सुवेदीले २०७५ सालमा जागीर छोडी २०७९ साल ३१ असारमा नारायण नगरपालिकाको ६ मा छोराको नाममा मुकेश कृषि तथा पशुपंक्षी फर्म दर्ता गरि भैसीपालन,वाख्रापालन,मौरीपालन तरकारी खेती र फलफुलखेती डाँलेघाँस लगाएर व्यवसाय गर्दै आईरहेकी छन् । सुवेदीले भैसीपालन,मौरीपालन,तरकारीखेतीबाट बार्षिक १२ लाख आम्दानी गर्ने गर्छन् । सुवेदकी २ छोरी १ छोरा गरि श्रीमान गरेर ५ जनाको परिवार छ । १५ बर्षिया छोरी दिपा सापकोटा कक्षा १० मा अध्ययन गर्छिन भने १७ बर्षिया छोरी डिलकुमारी सापकोटा कक्षा ११ पढछिन् ।५ बर्षिय छोरा मुकेश सापकोटा कक्षा १ मा पढछ्रन् । सुवेदीले तीनवटै सन्तानलाई बोर्डिङ स्कुलमा पढाई रहेकी छन् । तीनवटै सन्तानका लागि उनले बार्षिक ५० हजार रुपैयाँ पढाई लेखाई खर्च गर्ने गरेकी बताईन ।

उनले भनिन,मैले भैसी पालन,वाख्रापालन मौरीपालन र तरकारीखेती विक्रीबाट आएको पैसा तीनवटै सन्तानलाई बोर्र्डिङमा पढाईरहेको छु भने कक्षा ११ अध्ययनरत डिलकुमारी बोर्डिङमा स्कलसिपमा पढीरहेकी छन् । 
जागीर छोडेर विभिन्न व्यवसायमा लागेकी निर्मला कुमारी सुवेदीलाई छोरी र श्रीमान टिका सापकोटाले काममा सघाउने गरेको बताईन । उनले भनिन,म एक्लै छैन । फुर्सदको समयमा छोरी र श्रीमानले काममा सघाउनु हुन्छ । मेरो विभिन्न व्यवसायमा ५ जनालाई रोजगार दिएको छु । वाख्रापालन भैसीपालन र तरकारी खेती विक्री बाट छोराछोरीलाई पढाउने गरेको जानकारी दिईन । निर्मला श्रीमान गैरसरकारी संस्था सोसेक नेपालमा लामो समयदेखी लेखा अधिकृत काम गर्दै आईरहेका छन् । निर्मलाको व्यवसाय देखेर गाउँका अन्य मानिसले समेत सिको गरिरहेको उनको भनाई छ ।

गाउकै अगुवा कृषक वनेकी निर्मलाको व्यवसाय देखेर चिया चौतारामा समेत उनको चर्चा हुने गरेको नारायण नगरपालिका –६ का सुमन थकालीले बताए । थकाली मात्र होइनन,निर्मलाको व्यवसाय देखेर गाउँभरि नै चर्चा हुने गरेको सोही ठाउँकी सिता कुमारीले खड्काले बताईन । उनले भनिन,आजभोली त जता गएपनि निर्मला जस्तो महिला भए गाउँमै सुन फलाउन सकिदो रहिछ भनेर उदारणिय वनेकी छिन् । सुवेदीले १५० वटा मौरीघार छन् भने ३७ वटा वाख्रा ३ वटा भैसी,र ३ रोपनी जमिनमा तरकारीखेती गर्दै आएकी छन् । सुवेदीले चार हजारवटा विभिन्न जातका फलफुल सुन्तला आँप रोपेकी छिन् ।कालिज,कुखुरा पालन व्यवसाय पनि गरिहेकी छन् । सुवेदीले अहिले सम्म कुनै पनि सरकारी एवं गैरसरकारी संस्था अनुदान र सहयोग नपाएको गुनासो गरिन । 
 

प्रतिक्रिया