मृत्यु भएका नगेन्द्रका परिवारलाई क्षतिपुर्ति दिने सहमति,कर्णाली राजमार्ग खुल्यो

दैलेख । करेन्ट लागेर मृत्यु भएका नगेन्द्र माझीका आफन्तले विद्युत क्षतिपुर्ति दिने सहमतिमा अवरुद्ध गरिएको कर्णाली राजमार्ग सुचारु भएको छ । गएको आईतवार रुखमा चढेर घाँस काटने क्रमममा आठविस नगरपालिका ४ का २९ बर्षिय नगेन्द्रे माझीको करेन्ट लागेर मृत्यु भएको थियो । माझीको आइतबार साँझ मृत्यु भएपछि आफन्तले आज विहानैबाट कर्णाली राजमार्ग अवरुद्ध गरेका थिए ।
नेपाल विद्युत प्राधिकरण कालिकोट, प्रहरी र पीडित परिवारसँगको सहमतिमा बन्द भएको राजमार्ग सञ्चालनमा आएको ईलाका प्रहरी कार्यालय दुल्लु दैलेखका प्रहरी निरीक्षक कृष्णबहादुर खड्काले जानकारी दिए ।
सहमतिमा मृतक परिवारका एक सदस्यलाई रोजगारी दिने र कानुनअनुसार पाउने क्षतिपुर्ति मध्ये एक लाख काजकिरियाका लागि रकम उपलव्ध गराउने सहमति भएको उनको भनाई छ ।
पीडित परिवारसँग सहमति भएसँगै सोमबार विहानैबाट राकम कर्णाली बजारमा अवरुद्ध राजमार्ग सञ्चालनमा आएको खड्काले जनाए ।
माझि चढेको रुखमा विद्युतको तारले छोएको र करेन्ट प्रवाह हुँदा उनको घटनास्थलमै मृत्यु भएको खड्काले बताए । मृतक माझीको शव पोष्टमार्टमका लागि दुल्लु अस्पताल ल्याउन लागिएको छ ।
प्रतिक्रिया