‘एमालेका कारण कर्णाली प्रदेश भिखारी बन्न पुग्यो’

‘एमालेका कारण कर्णाली प्रदेश भिखारी बन्न पुग्यो’

  काठमाण्डौँ –  नेकपा माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेश नेकपा (एमाले) कारण भिखारी बन्न पुगेको आरोप लगाउनुभएको छ ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्ने क्रममा  कर्णाली गरिब हुनुको दोष एमालेमाथि थोपार्नुभएको हो ।  कर्णालीकै पूर्वमुख्यमन्त्रीसमेत रहेका शाहीले त्यहाँका जनताले खान पाएका थिएनन् भनेर बदनाम गर्न खोजिएको बताउनुभयो  । 

नेकपा एमालेका महासचिव शंकर पोखरेलले गत चैत २६ गते सुर्खेतमा आयोजित एमालेको जागरणसभामा कर्णालीका जनताले गणतन्त्र आएपछि मात्रै खान पाएको बताएका थिए ।

पोखरेलले ‘गणतन्त्र आएपछि मात्रै कर्णालीका मान्छेले भात खान पाएका हुन्’ भनेर दिएको अभिव्यक्तितिर लक्षित गर्दै शाहीले भन्नुभयो ,एमालेका कारण गरिबी कर्णालीमा गरिवी बढेको आरोप लगाउनुभयो  ।

‘कर्णाली प्रदेशका जनताले भात खान पाएका थिएनन् भनेर जिम्मेवार नेताहरू नै बोलेर हिँड्छन् । कर्णाली प्रदेश साँच्चिकै सम्पन्नमध्ये हो ।  ‘तर सम्पन्न कर्णाली प्रदेश एमालेकै कारण भिखारी भयो ।’

उहाँले राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था छिरेपछि कर्णाली प्रदेशको झन् बदनाम गरिएको बताउनुभयो  । एनजीओकै कारण कर्णाली गरिब भएको हो ।  ‘कर्णालीको गरिबी देश–विदेशमा बेचेर खाने काम भयो । त्यहाँका फोटो लगेर संसारभर बेचेर खाने काम गरियो । यसरी कर्णालीको बदनाम गरियो ।’

यसअघि गत चैत २६ गते एमाले महासचिव पोखरेलले दिएको अभिव्यक्ति विवादमा परेको थियो । उहाँले कर्णालीको इतिहास नबुझी होच्याएर बोलेर त्यहाँका बासिन्दाको अपमान गरेको भन्दै आलोचना भएको थियो ।

‘दशैँका बेला एकमाना चामल पायो भने टीका लगाउन पाइन्थ्यो भन्ने कर्णालीबासी आज चामलको भात खान सक्ने भएका छन्,’ उहाँले चैत २६ गते सुर्खेतमा भनेका थिए के कारणले भन्दा जिल्ला–जिल्लामा बाटो पुगेको छ । त्यो के कारणले कर्णालीबासीले अहिले भात खान पाएका छन् । यो सबै गणतन्त्रको कारण हो ।’

 

प्रतिक्रिया