‘एनजिओको नाममा कर्णालीलाई लुटियो : सांसद महेन्द्र बहादुर शाही

‘एनजिओको नाममा कर्णालीलाई लुटियो :  सांसद महेन्द्र बहादुर शाही फाइल तस्बिर

काठमाडौँ –  नेकपा माओवादी केन्द्रका सांसद तथा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्र बहादुर शाहीले गैरसरकारी संस्था (एनजिओ)हरूको नाममा कर्णाली प्रदेशलाई योजनाबद्ध रूपमा लुटिएको आरोप लागउनुभएको छ  ।

प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उहाँले विगतका सरकारहरू, विशेषगरी नेकपा एमाले नेतृत्वको शासनमा कर्णालीमाथि गरिएका शोषण र उपेक्षाको उदाहरण प्रस्तुत गर्दै भन्नुभयो, “एनजिओहरूको नाममा कर्णालीलाई लुटियो । कर्णालीका फोटो खिचेर डलर कमाउने काम गरियो ।”

सांससद शाहीले कर्णालीका जनताको वास्तविक पीडा, भूगोल र अभावको नाममा विदेशी सहयोग ल्याइयो तर त्यसको सही सदुपयोग नभएको बताउनुभयो  । “सहयोग कर्णालीको नाममा आयो तर खर्च अरू ठाउँमा भयो । यसको जिम्मेवार विगतका सत्तामा बसेका दलहरू, विशेषतः एमाले हो,” उहाँले भन्नुभयो ।

शाहीले कर्णालीलाई विकासको नाममा केवल ‘दया’ र ‘प्रदर्शन’को माध्यम बनाइएको बताउनुभयो । “जनताको मुहार फेर्ने खालका ठूला पूर्वाधार परियोजनाहरू नगरी साना साना कार्यक्रम, गोष्ठी, फोटोसेसन र कागजी काम मात्र गरियो,” उहाँले भन्नुभयो ।

उहाँका अनुसार यसले कर्णालीमा आत्मनिर्भरता होइन, परनिर्भरता बढाएको छ। “कर्णालीलाई भिकारी बनाइएको हो, प्राकृतिक सम्पदाले सम्पन्न प्रदेशलाई योजनाबद्ध रूपमा कमजोर बनाइयो,” शाहीले भन्नुभयो ।

प्रतिक्रिया